2

Logo २०८३ बैशाख १३ आइतबार
कालीगण्डकी नदीको शिला अयोध्या पुग्यो, बनाइदै भगवान् राम सीताको मुर्ति

कालीगण्डकी नदीको शिला अयोध्या पुग्यो, बनाइदै भगवान् राम सीताको मुर्ति


सीता डोटेल प्रकाशित मिति : बिहिबार, माघ १९ २०७९
1.1K

भारत ।

वसन्त पञ्चमीको दिन गलेश्वर मन्दिरमा शिलाको पुजा गरि सुरु भएको भगवान् रामको शिला यात्रा एकादशीमा भारतको अयोध्यामा धुमधामका साथ पुर्‍याइएको छ ।

नेपालबाट गएका नेपाली र भारतबासी हिन्दुहरुले भव्य स्वागत सहित शिला भित्र्याएका हुन् । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला नेपाल सरकारले उपहार स्वरुप भारतलाई दिएको हो । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ लगिएको हो ।

पबित्र कालीगण्डकी नदी अन्तर्गत म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ६ ठूलोपहिरो नदी किनारबाट माघ १२ गते निकालिएको दुई शिला पोखरा, जनकपुर हुँदै माघ १६ गते अयोध्याका लागि पठाइएको थियो ।

अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर यहाँ आइपुग्नुभएका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहित कालीगण्डकी नदी र शालिग्राम शिलाका ज्ञाता कुलराज चालिसे सहितको टोलीलाई भव्य स्वागत गर्नुभएको थियो ।

राम र सीताको नामाकरण गरिएको १६ र २६ मेक्र्टिकटन तौल सहितको शिला अयोध्या लगिएको छ भने अर्को सानो शिला गलेश्वर मन्दिरमा निम्ताका लागि जनकपुरमा नै राखिएको छ ।

ठूलो सङ्ख्यामा अयोध्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याउदै बुधबार राम सेवकपुरममा राखियो बिहिबार बिहान विशेष समारोहबीच श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको चालिसेले जानकारी दिनुभयो ।

ट्रस्टका महासचिव चंपत रायले विशेष अनुष्ठान पूजापछि देवशिला ग्रहण गर्ने बताउनुभयो । उहाँले आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि ट्रस्टले औपचारिकरुपमा देवशिला बुझेको छ । नेपालबाट अयोध्या तर्फ लैजादै गर्दा नेपाल र भारतका विभिन्न मन्दिर आसपासमा ठूलो संख्यामा भक्तजन उपसहित भई पुष्प चढाउनुभएको थियो ।

कालीगण्डकी नदी किनारको बेनी- गलेश्वर खण्डमा परापुर्वकालमा ऋषिमुनिहरु पुलह, कपिल र जडभरतले तपस्या गरि सिद्दी प्राप्त गरेको किम्बदन्तीका कार्ण यस भेगको शिलालाई भारतमा महत्वका साथ हेरिन्छ । शिला झिकिएको नदीकिनार क्षेत्रमा गण्डकी प्रदेश सरकारले संकेतका साथ स्तम्भ र मम्दिर बनाउने घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com