आज सोनाम ल्होसार पर्व मनाइदै, सरकारद्वारा सार्वजनिक बिदा
काठमाडौं ।
आज २८५९औं सोनाम ल्होसार । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व विविध कार्यक्रम गरि आज मनाउदैछन्।
आज काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले दिउसो बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको छ ।
महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेछ । देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार सोनाम ल्होसार पर्व मनाउदछ्न्।
यस वर्षको पर्वमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।