2

Logo २०८३ बैशाख १३ आइतबार
उपप्रधानमन्त्री तथा उर्जामन्त्रीमा लिङ्देल सहित मन्त्री र राज्यमन्त्रीले लिए सपथ

उपप्रधानमन्त्री तथा उर्जामन्त्रीमा लिङ्देल सहित मन्त्री र राज्यमन्त्रीले लिए सपथ


Sabalnews प्रकाशित मिति : मंगलबार, माघ ३ २०७९
596

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराउनु भएको हो ।  मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र ३ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् ।

एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३/३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले १/१ राज्यमन्त्री पाएका छन् ।

कुनदलका कसले कुन मन्त्रालय पायो?
एमालेबाट – एक उपप्रधान सहित ७ मन्त्रालय 

१) डा. विमला राई पौडेल परराष्ट्र,
२) पदम गिरी स्वास्थ्य तथा जनसंख्या,
३) भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र
४) हरि उप्रेती रक्षामन्त्री
५) राजेन्द्र राईले भूमि व्यवस्था,
६) ज्वाला साहले कृषि र
७) दामोदर भण्डारीले उद्योग मन्त्रालयको जिम्मेवारी पाउनु भएकाे छ ।
नेकपा एमालेबाट यस अघि विष्णु पौडेल उपप्रधानमन्त्री एवं अर्थ मन्त्रीको जिम्मेवारी पाइसक्नु भएको छ ।

माओवादी केन्द्रबाट – प्रधानमन्त्री र १ उपप्रधानमन्त्री सहित ४ मन्त्रालय 

१) रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री
२) सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
३) अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री
४) सुशीला श्रीपाली राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
यस अघि माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवं भौतिक मन्त्रीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जिम्मेवारी लिइ सक्नु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)- एक उपप्रधान मन्त्री र १ राज्यमन्त्री सहित २ मन्त्रालय 

१) डोलप्रसाद अर्याल श्रममन्त्री
२) शिखिर खनाल शिक्षा मन्त्री
३) डा तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
यसअघि रास्वपाका सभापती रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी पाइसक्नु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) – एक उपप्रधानमन्त्री  र १ राज्यमन्त्री सहित २ मन्त्रालय 

१) राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री सहित ऊर्जा मन्त्री
२) ध्रुवबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला मन्त्री
३) विक्रम पाण्डे सहरी विकास मन्त्री
४) दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com