2

Logo २०८३ बैशाख १३ आइतबार
स्थानीय निर्वाचनका लागि पाल्पामा पनि ५ दलिय गठबन्धनको संयन्त्र

स्थानीय निर्वाचनका लागि पाल्पामा पनि ५ दलिय गठबन्धनको संयन्त्र


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र २३ २०७८
3.8K

पाल्पा।

पाल्पामा पनि आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ५ दलीय गठबन्धन हुने भएको छ ।

नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षतामा बसेको दलिय बैठकले ५ दल बिच गठबन्धन हुने जनाएको हो । बैठकमा नेपाली काग्रेँस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीका जिल्ला प्रमुखहरुको सहभागिता थियो ।

बुधबार गठबन्धन दलहरुको संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय भएको हो । बैठकले चुनावी तालमेलका सम्बन्धमा काग्रेँस सभापति हिमाल दत्त श्रेष्ठको सयोजकत्वमा संयन्त्र निर्माण गरेको छ । जसको सदस्यमा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष नेत्र प्रसाद पाण्डे, एकिकृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे (कमल), राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी र जनता समाजवादीका मेयरमान राना रहेका छन् ।

संयन्त्रले गठबन्धन दलहरु बीच आवश्यक छलफल, परामर्श गर्न हरेक दलबाट ३/३ जना सहभागि हुने गरी एक कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com