प्रदेश सभाको ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ (१) का निर्वाचित प्रदेश सभा सदस्य मानबहादुर रावलले अन्य ५२ जना प्रदेश सभा सदस्यलाई शपथ ग्रहण गराउनुभएको हो ।
यसअघि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराउनुभएको थियो ।