नावालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पक्राउ
पाल्पा ।
१४ वर्षकी नावालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पाल्पामा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका १ ठूलीउदाङ्का २१ वर्षीय हिमाल सोमरे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रुपन्देही जिल्ला सैनामैना घर भई हाल तिनाउ –१ मा मामाघर बस्दै आएकी १४ वर्षकी नावालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा प्रहरीले सोमरेलाई पक्राउ गरेको हो ।
पीडित बालिकाको बुवाले दिएको जाहेरीको आधारमा आरोपी सोमरेलाई पक्राउ गरी थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । गत असार ३ गते आरोपित सोमरेले जबरजस्ती गरेको र उनकै ६ महिनाको गर्भ रहेको भनी बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालय पाल्पामा जाहेरी दिएका थिए ।