2

Logo २०८३ बैशाख १३ आइतबार
बेस नेपालको सामुदायिक भवन बन्ने

बेस नेपालको सामुदायिक भवन बन्ने


Sabalnews प्रकाशित मिति : आइतबार, पौस १० २०७९
645

पाल्पा ।

पाल्पा जिल्लामा क्रियाशिल संस्था पछौटेपन उन्मुलन समाज (बेस) नेपालको सामुदायिक भवन बन्ने भएको छ । तत्कालिन समयमा बालबालिका र शिक्षाको क्षेत्रमा काम गर्ने गरि स्थापना गरेको बेस नेपाल जिल्लामा २०४९ सालदेखि सक्रिय रहदै स्वास्थ्य, सचेतना, उत्पादन र आयआर्जनमा हिस्सेदारी बन्दै आएको छ ।

संस्थाले कालीगण्डकी करिडोर नजिक रहेको निस्दी गाउँपालिका वडा नम्बर १ भोटाहाको आफ्नै जग्गामा भवन बनाउन थालेको हो ।
लुम्बिनी प्रदेश सरकारको सहयोगमा निस्दी गाउँपालिकाबाट सञ्चालन हुने योजना गत मंसिर २५ गते सम्झौता भएपश्चात् निर्माण थालिएको हो । प्रदेश सरकारको २० लाख र जनसहभागिता २ लाख २२ हजार २ सय २२ गरी कुल २२ लाख २२ हजार २ सय २२ रुपँयाको लागतमा भवन निर्माण हुन लागेको पछौटेपन उन्मुलन समाज (बेस) नेपाल सामुदायिक भवन निर्माण समितिका अध्यक्ष पूर्ण बहादुर खाँणले जानकारी दिनुभयो । भवन आगामी चैत मसान्तसम्म निर्माण सक्नुपर्नेछ ।

पाल्पा जिल्ला सहित नवलपरासी र नवलपुर जिल्लामा क्रियाशिल संस्थाले सामुदायको हितमा सदैव काम गरेको र संस्थाको सामुदायिक भवनबाट यस क्षेत्रका हजारौं नागरिक लाभान्वित हुने बेस नेपालका अध्यक्ष इन्द्र प्रसाद पाण्डेले बताउनुभयो ।

बाकामलाङमा केन्द्रिय कार्यालय रहेको बेस नेपालले अहिले जग्गा प्राप्तिसँगै आफ्नै सामुदायिक निर्माण गर्न थालेको हो । बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले बेस नेपालको योजना सञ्चालन र व्यवस्थापनमा भवन महत्वपुर्ण हुने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com