2

Logo २०८३ बैशाख १३ आइतबार
५० औं बर्षपछि जग्गाधनी प्रमाणपत्र (पुर्जा) पाउदा खुसीको सिमा छैन रामपुरबासीकोे

५० औं बर्षपछि जग्गाधनी प्रमाणपत्र (पुर्जा) पाउदा खुसीको सिमा छैन रामपुरबासीकोे


Sabalnews प्रकाशित मिति : शनिबार, पौस ९ २०७९
1.9K

पाल्पा

अब्यबस्थित बसोबासीलाई प्रक्रिया पुर्‍याई जग्गा धनी प्रमाणपुर्जा वितरण गरिएपछि पाल्पाको रामपुरबासी खुसी भएका छन् । बिगतमा गाविस, विद्यालयले बिक्री गरेको जग्गा रसिदको भरमा स्थानीयले भोगचलन गर्दै आएका थिए ।

पुर्जा विहिन रामपुर बजार क्षेत्र सहित रामपुर नगरपालिका वडा नम्बर ५, ६ र ७ का नागरिकलाई १ सय ३ पुर्जा शुक्रबार बितरण गरिएको हो । राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशब निरौलाले लामो समय पुर्जाका लागि भौतारिएका निवेदकलाई जग्गाधनी पुर्जा बितरण गर्नुहुदै देश मेरो भन्दै गर्व गर्दा आफैले टेकेको जमिन आफ्नो थिएन तर आज तपाई जग्गाको मालिक बन्नुभएको उहाँले भन्नुभयो । आयोग पाल्पा गठन लगत्तै रामपुर आएर सुन्दर रामपुर पुर्जा बिहिन हुनुुहुन्न भनेर समस्या समाधान गर्ने वचन दिएका थियौ आज पुरा गरेका छौं आयोग जे बोल्छ त्यो पुरा गर्छ निरौलाले भन्नुभयो । पुर्जा बितरणका लागि लाग्ने सबै पक्षलाई धन्यवाद दिदै उहाँले आयोग र स्थानीय तह मिलेर भुमिको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय भुमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैह्रेले लामो समयदेखि पर्खाइएको अब्यबस्थित घडेरीको पुर्जा वितरणको शुरुवात भएको बताउदै अब रामपुर नगरपालिकाका निवेदन आएका ७ सय ८३ घडेरी कै पुर्जा बितरणलाई तिब्रता दिइने जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष गैह्रेले विभिन्न समस्याको बावजुद १०३ लालपुर्जा वितरण गर्ने स्थितिमा आईपुगेको भन्दै क्रमश सबै घडेरीको पुर्जा वितरण गर्ने बताउनुभयो । पहिलो चरणमा ३ सय ७७ जनाले राजश्व दाखिला गरी पुर्जामा नाम दर्ता गराएकाको बितरण शुरु गरेकोले राजश्व बुझाउनेको पुर्जा निरन्तर दिने, दोस्रो चरणमा २ सय ८६ घडेरीको अन्तिम सुचना प्रकाशन गरि लगत्तै पुर्जाको काम गर्ने र अन्य १ सय २० घडेरी प्रक्रियामा नै रहेकोले केही बाझिएको बिषयमा काम गर्ने जानकारी दिनुभयो । राष्ट्रिय भूमि आयोग पाल्पाले अब जिल्लाका तानसेन र माथागढीमा पनि अब्यवस्थित र पहिले दर्ता भएको भनिएका तर कतै अभिलेख नभएका जग्गा निक्योल गरि पुर्जा दिने गरि अघि बढ्ने जनाएको छ । साथै आयोगसँग सम्झौता गरेका जिल्लाका अन्य पालिकामा पनि निवेदन माग गरि काम थाल्ने अध्यक्ष गैरेले बताउनुभयो ।

लुम्बिनी प्रदेश महिला तथा बालबालिका मन्त्री रमा घर्तीले पुर्जा बिहिन नागरिकको मुहारमा खुसी आएको मात्र नभई प्रदेशबासीको समस्या केही हदमा हल भएको बताउनुभयो । आयोगले प्राप्त उपलब्धिलाई रक्षा गर्दै सबैमा पुर्जा दिने वातावरण गराउन आग्रह गर्नुभयो ।

प्रदेश सांसद राजु प्रसाद श्रेष्ठले अव्यवस्थित जग्गा व्यवस्थापनका काम अब वडा तहले गर्नुपर्नेमा जोड दिदै २०५६ सालमा गाविसले गरेको जग्गा व्यवस्थापनले अहिलेसम्म सहज बनाएको स्मरण गराउनुभयो । जहिले पनि जिल्लामा आयोग गठन भयो पहिलो काम रामपुरमा गर्‍यो यसले सफलता पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक जग्गा संरक्षण मञ्चले सार्वजनिक जग्गाको संरक्षणमा लागेकोले साथ दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनाल, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, आयोगका केन्द्रिय सदस्य भैरवराज रेग्मी, राष्ट्रिय भूमि आयोगका पुर्व सदस्य लेखनाथ पोखरेलले समन्वय र भएका कामको सार्थकता हातमा पुर्जा पाउनु भएको बताउनुभयो ।

नेपाली काङ्ग्रेस जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ , नेकपा एमालेका रामपुर नगर अध्यक्ष विष्णुप्रसाद रेग्मी, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष यम बहादुर सुनार, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, जनता समाजबादी पार्टीका नवीन सुनुवार, नेकपा एकीकृत समाजबादीका जिल्ला उपसचिव कमल सेन, सहजीकरण समिति सदस्य देबेन्द्र प्रसाद पोखरेल र चिरञ्जीवी सिक्देलले पुर्जा बितरणले रामपुरको विकासमा फड्को मार्न सफल भएको बताउनुभयो । पुर्जाधनी पहिलो लाभग्राही राजेन्द्र बस्ताकोटीले पुर्जा हातमा पर्दा खुशी लागेको बताउदै विगतदेखिका आयोगका टिमले गरेको कामले सार्थक पाएको बताउनुभयो ।

राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरेको अध्यक्षता, आयोगका बिज्ञ सदस्य कृष्ण प्रसाद अधिकारीको स्वागत र सदस्य सचिव अर्जुन पौडेलको सञ्चालनमा कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com