2

Logo २०८३ बैशाख १३ आइतबार
काङ्ग्रेस संसदीय दलको नेतामा पार्टी सभापति देउवा बिजयी

काङ्ग्रेस संसदीय दलको नेतामा पार्टी सभापति देउवा बिजयी


Sabalnews प्रकाशित मिति : बुधबार, पौस ६ २०७९
582

काठमाडौं ।

कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ ।

बुधबार भएको निर्वाचनमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति देउवाले ६४ मत ल्याएर विजयी हुनुभएको हो । प्रतिस्पर्धा गर्नुभएका पार्टीका महामन्त्री गगन थापाले २५ मत पाउनुभयो । कांग्रेस संसदीय दलको निर्वाचनमा नवनिर्वाचित ८९ सांसदले मतदान गरेका थिए । ०५१ सालमै तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको समर्थनमा संसदीय दलको नेता हुनुभएका देउवा ४९ वर्षको उमेरमा प्रधानमन्त्री हुनुभएको थियो ।

पार्टी सभापति कोइरालाकै समर्थनमा ०५६ मा सालमा नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्रीका लागि संसदीय दलको नेता हुनुभयो । तत्कालीन माओवादी द्वन्द्व व्यवस्थापनमा भट्टराई र कोइराला असफल भएपछि देउवा दोस्रो र तेस्रो पटक प्रधानमन्त्री हुनुभयो ।

०६२/६३ को आन्दोलनपछि चौथो र संविधान निर्माण पश्चात् देउवा पाँचौं पटक प्रधानमन्त्री हुनुभयो । ०६४ मा देउवालाई पराजित गरेर पार्टी नेता रामचन्द्र पौडेल दलको नेता हुनुभयो । तर प्रधानमन्त्रीका लागि संसद्ममा १७ पटक प्रतिस्पर्धा गर्दा पनि पौडेल विजयी हुनुभएन ।

०७० मा निर्वाचनपछि तत्कालीन पार्टी सभापति सुशील कोइरालासँग पनि देउवा पराजित हुनुभएको हो ।०७४ को निर्वाचनपछि संसदीय दलको नेतामा भने देउवा बिजयी हुनुभयो । १३ औं महाधिवेशनमा देउवा सभापति चुनिनुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com