फिफा विश्वकप फुटबलमा क्रोएसिया तेस्रो
काठमाडाैँ ।
क्रोएसिया विश्वकप फुटबल २०२२ मा तेस्रो भएको छ । शनिबार राती ८.४५ बजेको खेलमा मोरक्कोलाई २-१ ले हराउँदै क्रोएसिया तेस्रो भएको हो ।
क्रोएसिया विश्वकपको गत संस्करणकाे उपविजेता टिम हो । टिमलाई तेस्रो बनाउन जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले गोल गरे मोरक्कोका अक्रफ दारीले गोल गर्न सफल भएपनि टिमलाई जिताउन सकेनन् । खेलको शुरुवातमा नै एक- एक गोल गरेका क्रोएशिया र मोरक्कोको खेल रोमान्चक बन्दै जादा हाप टायमको संघारमा क्रोएशियाले पुनः गोल गर्न सफल भयो ।
क्रोएसियाले खेलको सातौं मिनेटमा गाेल गर्दै अग्रता लिएको खेलको नवाैँ मिनेटमा मोरक्कोले बराबरी गोल फर्कायो । पुनः क्रोएसियाले ४२ औं मिनेटमा गोल गर्दै अग्रता दिलायो । पछिल्लो हाप समय र थप समयमा पनि कुनै टिमले गोल गर्न सकेनन् र क्रोएसिया विजयी भयो । मोरक्को पराजित भएपनि विश्वकप फुटबलको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी देश बनेको छ ।
प्रतियोगिताको फाइनल खेल आइतबार फ्रान्स र अर्जेन्टिना बिच हुनेछ । खेल नेपाली समय अनुसार राती पाैने ९ बजे सुरू हुनेछ ।