2

Logo २०८३ बैशाख १३ आइतबार
रामतुलसी माबिले मनायो ५५ औं बार्षिकउत्सव

रामतुलसी माबिले मनायो ५५ औं बार्षिकउत्सव


Sabalnews प्रकाशित मिति : शुक्रबार, पौस १ २०७९
8.9K

पाल्पा ।

रामतुलसी नमुना मा.बि.ले ५५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ ।

दिवस समापन समारोहमा पुरस्कार प्रदान गर्नुहुदै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले तीन तहको सरकार मिलेर काम गर्नुपर्ने बताउनुभयो । प्रदेश र प्रतिनिधि सभा निर्वाचन भर्खर सकिएको छ, सुरुबाटै सहकार्य गरिनुपर्छ- श्रेष्ठले भन्नुभयो । संघ र प्रदेशबाट बिकास ल्याएर गाउँको बिकास गर्न नगर सरकारले जोड दिनुपर्ने बताउदै बिद्युत, खानेपानी जस्ता सामान्य आधारभुत आवश्यकता पूरा गर्न आफु सदैव लाग्ने बताउनुभयो । रामपुर शैक्षिक हव र जिल्लाको दोस्रो प्रशासनिक हबको रुपमा अघि बढेकोलाई सबैले साथ दिएर विकासको गति तिब्र पार्नुपर्ने बताउनुभयो ।

२०५१ सालको कालीगण्डकी करिडोरको अबधारणा राष्ट्रिय गौरवको रुपमा आएकोमा अहिले यस ठाउँमा धेरै बिकासले पछ्याएको बताउदै उहाँले पोखरा रामपुर आरुङ्खोला, ४० करोडको लागतमा प्रक्रिया अघि बढेको तराई पहाड जोड्ने मोटरबाटोको थप काम पूरा गर्दा अन्य बिकास पनि थपिने उहाँको भनाई थियो । प्रदेश सदस्य श्रेष्ठले १२२ रोपनी विद्यालयको जग्गामा खेलकुद मैदान बनाउन पहिलो पहल थाल्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस नगर सभापति नेत्र प्रसाद भट्टराई,  नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष बिष्णु प्रसाद रेग्मी, नगरपालिका शिक्षा शाखा प्रमुख बिकल काफ्ले, ओम शान्ति बिश्वबिध्यालयका प्रमुख सरस्वती दिदी, रामपुर फाट सिंचाइ फाट योजनाका अध्यक्ष हिरण्यराज रेग्मी, वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, भुपु विद्यार्थी मन्चका अध्यक्ष शालिकराम कडेल, सम्मानित अभिभावक सुरज रायमाझीले विद्यालयको प्रगति र शैक्षिक अबस्थाबारे आफ्ना भनाई राख्नुभएको थियो ।

विद्यालयका प्रध्यानध्यापक बालकृष्ण लम्सालले विद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुहुदै ल्याब, कम्प्युटर, पुस्तकालय, प्राथमिक उपचार, चमेना गृह, बिज्ञान ल्याब, मन्टेश्वरी,स्कुलबस यो बर्षको नमुना काम भएको बताउदै शैक्षिक उपलब्धी र हरियाली बाताबरण सिर्जनामा सदैव लागेको बताउनुभयो ।
विद्यालयका प्रशासन अधिकृत हरिहर रेग्मीले १० लाख ९९ हजार २ हजार ६ सय ५७ रुपया ९० पैसा बराबरको कारोबार र ३ करोड ४८ लाख, ५२ हजार, ९ सय २१ रुपैया ७२ पैसा मौजाद रहेको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभयो ।

विद्यालयले बार्षिकउत्सवको अबसरमा विभिन्न अक्षयकोषबाट विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । दिवाकर भक्तिप्रसाद भट्टराई अक्षयकोषबाट रामपुर फाट सिंचाइ योजनाका अध्यक्ष हिरण्यराज रेग्मी, रामनाथ पौडेल स्मृति अक्षयकोषबाट गुरु प्रसाद रेग्मी, पत्रकार शुशिला रेग्मी, बुवाआमा, श्रीमति र छोराछोरीको नाममा अक्षयकोष स्थापनादाता शालिकराम कंडेललाई समान गरेको हो ।

असल अभिभावकहरु सुरज रायमाझी, गीता पौडेल, मनकान्ती भुषाल, गुमीसरा सारु, सर्मिला सोती, बिन्दु लम्साल र तुल्सी प्रसाद घिमिरे, उत्कृष्ट शिक्षकमा भरत घिमिरे, रोशन सारु, बम बहादुर बिक, छबिलाल न्यौपाने, टिकाराम कंडेल,लेखनाथ रेग्मी,  शान्ती थापा, प्रतिमा भण्डारी, चन्द्रकान्त भट्टराई, किशोर रेग्मी,   कल्पना सोमै, लक्ष्मी सुबेदी र सहयोगी दलमाया आलेलाई सम्मान गरेको छ ।

विद्यार्थीले सन्देशमुलक नाटक देखाएका थिए भने गीत नाच प्रस्तुत गरेका थिए । “मेरो रामतुलसी” नामक सुरक्षा घिमिरे र “गुरु” शिर्षकको कबिता रेशम कुमारी नेपालीले प्रस्तुत गर्नुभयो ।

शिक्षक पुर्ण चन्द्र घिमिरेको स्वागतबाट शुरु भएको कार्यक्रममा विद्यालय संचालन समिति सदस्य दुर्गादेवी रानाले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

विद्यालयका अध्यक्ष बिष्णु प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो । बार्षिकउत्सवको पुर्वसन्ध्यामा विद्यालयले बिहिबार दिपप्रज्वलन गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com