2

Logo २०८३ बैशाख १३ आइतबार
गाउँपालिका राष्ट्रिय महासंघको नेतृत्वमा हुप्सेकोट अध्यक्ष लक्ष्मी पाण्डे

गाउँपालिका राष्ट्रिय महासंघको नेतृत्वमा हुप्सेकोट अध्यक्ष लक्ष्मी पाण्डे


Sabalnews प्रकाशित मिति : मंगलबार, मंसिर २७ २०७९
883

काठमाडौं ।

गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन हुनुभएको छ ।

गत बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा देशभरीबाट धेरै पालिकामा विजयी नेपाली कांग्रेस मध्यबाट पाण्डे अध्यक्षमा चयन हुनुभएको हो । धेरै पालिका जितेको आधारमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष पाएको हो । उपाध्यक्षमा जुम्ला जिल्ला हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाही चयन हुनुभएको छ ।

त्यस्तै दोस्रो ठूलो दल नेकपा एमालेले महासचिव, सचिवसहित ७ वटा पद पाएको छ । महासचिवमा गण्डकी प्रदेशको  स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा चयन हुनुभएको छ । सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनार, कोषाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ । दलहरुले सहमतिका आधारमा नेतृत्व चयन गरेका हुन् ।

काठमाडौंको प्रज्ञा भवनमा जारी अधिवेशनले ३७ सदस्यीय नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com