2

Logo २०८३ बैशाख १३ आइतबार
विनोद पहाडीलाई कर्मयोगी समाजसेवा पुरस्कार

विनोद पहाडीलाई कर्मयोगी समाजसेवा पुरस्कार


Sabalnews प्रकाशित मिति : आइतबार, मंसिर २५ २०७९
722

बुटवल

मानव अधिकार तथा शान्ति समाजले प्रदान गर्दै आएको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार रुपन्देहीका अग्रज पत्रकार एवं पूर्वसांसद विनोद पहाडीले पाउनुुुभएको छ ।

आइतबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पहाडीलाई नगद १ लाख १० हजार रुपैयाँसहितको सम्मान पत्रले सम्मान गर्नुभयो ।

तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गरेको योगदान स्वरुप पहाडीलाई सम्मानित गरिएको समाजका केन्द्रीय महासचिव रामकृष्ण बरालले बताउनुभयो।

पुरस्कृत पहाडीले पुरस्कार रकम आफूले निजी काममा खर्च नगर्ने भन्दै पुरस्कार अक्षयकोषको स्थापनाका लागि प्रयोग गर्ने घोषणा गर्नुभएको छ ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनाल, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, पूर्वअध्यक्ष मनोज पुडासैनी, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाई, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, रुपन्देही सभापति खिमप्रसाद भट्टराई (कृष्ण) ले समाज परिवर्तनमा योगदानमा अग्रसर गराउन सम्मान थप प्रेरणामूलक हुने बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com