2

Logo २०८३ बैशाख १३ आइतबार
घर प्लाष्टर गर्ने क्रमम खसेर घाइते भएका पर्साका कुसुहवाको मृत्यु

घर प्लाष्टर गर्ने क्रमम खसेर घाइते भएका पर्साका कुसुहवाको मृत्यु


Sabalnews प्रकाशित मिति : बिहिबार, मंसिर २२ २०७९
1.2K

पाल्पा

पाल्पामा पक्की घर प्लास्टर गर्ने क्रममा खसेर घाइते भएका युवाको मृत्यु भएको छ ।

बिहीबार बिहान जिल्लाको रामपुर नगरपालिका ५ बेझाडका दुर्गा केसीको चार तले पक्की घर प्लास्टर गर्ने क्रममा खसेर घाइते भएका पर्सा जिल्ला छिपहरमाई ३ मंगलापुरका २५ वर्षीय राजेश कुसुहवाको मृत्यु भएको हो ।

घर प्लास्टर गर्ने क्रममा २ तला माथिदेखि खसेर घाइते कुसुहवालाई उपचारका लागि रामपुर अस्पताल लगिएको थियो । गम्भीर अबस्थाका कुसुहवालाई थप उपचारका लागि सदरमुकाम  तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा उपचारको क्रममा उनको दिउसो २ बजे मृत्यु भएको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

घर प्लाष्टरको क्रममा घटना बिहिबार बिहान १० बजे घटेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com