तानसेन- तम्घास सडकखण्ड दैनिक १० घण्टा बन्द हुने
पाल्पा ।
तानसेन तम्घास सडकखण्ड पन्ध्र दिन दैनिक १० घण्टा बन्द हुने भएको छ ।
तानसेन तम्घास सडक खण्ड अन्तरगत सिरुखर्क माल्मुल क्षेत्रमा सडक चौडा गर्नका लागी सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
सिरुखर्क माल्मुल क्षेत्रमा बिहीबार देखि पुस ७ गतेसम्म बिहान ५ बजेदेखि ९बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म, र बेलुका ६ बजेदेखी ९ बजेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी निरन्जन शर्मा अर्यालले जानकारी दिनुभएको छ।