बिहीबार सार्वजनिक विदा
काठमाडौं ।
सरकारले मंसिर २२ गते सार्वजनिक विदा दिएको छ ।
सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा बिहीबार सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जानकारी दिएको छ । किराँत समुदायले उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउदैछ्न् ।
हरेक वर्ष मार्ग शुक्ल पूर्णिमामा मनाइने योमरी पुन्ही नेवारहरूको विशेष चाड हो । नेपाल भाषाका यी दुई शब्दले मिठो रोटी खाने पूर्णिमा भन्ने बुझाउँछ। ‘यः’ को अर्थ मनपर्ने, ‘मरि’को अर्थ रोटी र “पुन्ही”को अर्थ पूर्णिमा हुन्छ। योमरी पुन्हीलाई धान्य पूर्णिमा पनि भनिन्छ ।
नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।