श्रीमतीकाे टाउकाे प्लास्टिकमा लिएर श्रीमान प्रहरीमा
सुर्खेत ।
श्रीमतीको हत्या गरी प्लास्टिकमा टाउको लिएर प्रहरी कार्यालयमा हिडेका एक व्यक्ति सुर्खेतमा पक्राउ परेका छन् ।
मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
प्लास्टिकमा श्रीमतीको टाउको बोकेर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनलाई प्रहरी कार्यालय जाँदै गर्दा पन्चपुरी २ पलैंटेबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिनुभयो। अमरबहादुर एक वर्ष पहिले वैदेशिक रोजगारीबाट फर्किएका हुन् ।
आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेका कारण हत्या गरेको अमरबहादुरले प्रहरीलाई बताएका छन् । उनले घरमै श्रीमतीको घाँटीमा धारिलो हतियार प्रहार गरी छिनाएका थिए । प्रहरीले टाउको बाहेकको शव घरमै फेला पारेको जनाएको छ।