2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा १ मा एमाले उमेदवार नारायण आचार्य बिजयी

पाल्पा १ मा एमाले उमेदवार नारायण आचार्य बिजयी


Sabalnews प्रकाशित मिति : शुक्रबार, मंसिर ९ २०७९
1.2K

पाल्पा

पाल्पा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी हुनुभएको छ ।

१० हजार ८ सय ४७ मत अन्तरले बिजयी हुनुभएका आचार्यले ३१ हजार १ सय ३ मत प्राप्त गर्नुभएको छ । आचार्यका प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २ सय ५६ मत प्राप्त गर्नुभएको छ ।

सुई चुनाब चिन्हका स्वतन्त्र उम्मेदवार विपिन कँडेलले २ हजार ८सय ६३ मत, जनता समाजवादी पार्टी नेपालका मेहरमान रानाले ८५ मत,  राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले २ सय ५८, मङ्गोल नेशनल अर्गनाइजेशनका थम्मनबहादुर बुढामगरले २ हजार ४५ मत र राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामीले १ सय २१ मत प्राप्त गर्नुभएको छ।
अन्य स्वतन्त्र उम्मेदवारहरु क्यामेरा चुनाब चिन्हका नारायण न्यौपानेले २७, माछा चुनाब चिन्हका राजु सुनारले ६८ र पुतली चुनाव चिन्हका डोलराज तिमिल्सिनाले १० मत प्राप्त गर्नुभयो।

कुल ९६ हजार ३३ मतदाता रहेको पाल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा ५८ हजार ३ सय ४ मत खसेको थियो। जसमध्ये १ हजार ४ सय ६६ मत बदर भई ५६ हजार ८ सय ८३ मत सदर भएको थियो । गत मंसिर ४ गते भएको निर्वाचनको भोलिपल्ट मङ्सिर ५ गते साझदेखि मतगणना शुरु भएको थियो ।

प्रतिनिधिसभामा निर्वाचित आचार्य २०७४ को प्रदेश सभा निर्वाचनमा क्षेत्र नं १ (२) मा निर्वाचित प्रदेशसभा सदस्य रहनुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com