2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा १ का ३ वटै सिटमा भारी मतका साथ एमाले उम्मेदवार बिजयी

पाल्पा १ का ३ वटै सिटमा भारी मतका साथ एमाले उम्मेदवार बिजयी


Sabalnews प्रकाशित मिति : शुक्रबार, मंसिर ९ २०७९
1.2K

पाल्पा ।

पाल्पा क्षेत्र नम्बर १ मा भारी मतले नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यमा पाल्पा निर्वाचन क्षेत्र नम्बर १ र प्रदेश सभा १,२ मा नै नेकपा एमालेले जित हात पारेको हो ।

प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नम्बर एकबाट नेकपा एमालेका नारायण प्रसाद आचार्यले ३१ हजार १ सय ३ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २ सय ५६ मत प्राप्त गर्नुभएको छ ।

आचार्यले गाहालाई १० हजार ८ सय ४७ मतान्तरले जित हासिल गर्नु भएको हो । त्यस्तै पाल्पा १ मा स्वतन्त्र उम्मेदवार बिपिन कंडेलले २ हजार ८ सय ६३ मत पाउनु भएको छ ।

त्यस्तै क्षेत्र नम्बर १ प्रदेशसभा सदस्य १ मा राजु प्रसाद श्रेष्ठ र प्रदेश सभा २ मा खेम बहादुर सारु बिजयी हुनुभएको छ ।
पाल्पा १ को १ मा नेकपा एमालेका राजु प्रसाद श्रेष्ठले १७ हजार ६ सय ४२ ल्याउनुभएको छ भने नेपाली काङ्ग्रेसका उमेदवार श्यामकान्त खनालले १२ हजार २ सय ५२ मत ल्याउनुभएको छ ।

त्यस्तै क्षेत्र नम्बर १ (२) मा खेमबहादुर सारु बिजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी शंकर खनाल लाई ४ हजार ७ सय ९१ मतले पछि पार्दै जित हासिल गर्नुभएको छ । खेमबहादुर सारुले १४ हजार २ सय ९६ तथा रुख चिन्हका उम्मेदवार शंखर खनालले ९ हजार ५ सय ५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com