परिवर्तनका लागि मत दिन मतदाता आतुर छन्- उमेदवार श्यामकान्त खनाल
पाल्पा ।
पाल्पा निर्वाचन क्षेत्र नम्बर १”१” प्रदेश सभाका साझा उमेदवार श्यामकान्त खनालले विकासको खाका सरकारी बजेट ल्याउन सक्ने ठाउँ बनाएकाले जनताले आफुलाई मत दिने बताउनुभएको छ ।
निजामति सेवामा रहेर लामो समय विभिन्न सरकारी कार्यालय, बिभाग र मन्त्रालयमा रहेर अर्बौका बजेट निर्माण र योजना कार्यान्वयनमा काम गरेकोले काम गर्ने उमेदवार मतदाताले चुन्ने उहाँले बताउनुभयो । पुर्वी पाल्पा अझ बिकासमा पछाडी छ जनताले विकास र परिवर्तन खोजेको छ, त्यसैले यस पटक जनता रुखमा मत दिन आतुर रहेको खनालले बताउनुभयो ।
जिल्लाको पुर्वी भेगमा अझ पनि सबै ठाउँमा बिजुली पुगेको छैन, खानेपानी घर घरमा पुगेको छैन, स्वास्थ्य उपचारको अबस्था नाजुक छ, बर्खामा गाडी गाउँ पुग्दैन त्यसैले जनताले यसपटक बिकास कै लागि काङ्ग्रेस उमेदवार रोज्ने उहाँले बताउनुभयो ।
निर्वाचन नजिकिदै गर्दा हरेक बस्तीमा मत माग्न पुगेको बताउदै उमेदवार खनालले निर्वाध रुपमा मत हाल्ने अबस्था हुनुपर्ने बताउनुभएको छ । उहाँले पाँच दलिय गठबन्धन देशलाई सही नेतृत्व दिन भएकोले सबै नेपालीले गठबन्धनका उमेदवारलाई जिताउन आह्वान गर्नुभयो ।
https://photos.app.goo.gl/2eXtjkaiUFqrsnSb9