2

Logo २०८३ बैशाख १३ आइतबार
प्रदेश १ मा सत्ता गठबन्धनमा वडा तहसम्मै चुनावी तालमेल

प्रदेश १ मा सत्ता गठबन्धनमा वडा तहसम्मै चुनावी तालमेल


Sabalnews प्रकाशित मिति : शनिबार, चैत्र १९ २०७८
813

काठमाडौं ।

            आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रदेश १ मा सत्ता गठबन्धनमा रहेका पाँच दलमध्ये चार दलले वडा तहसम्मै चुनावी तालमेल गर्ने भएका छन्।

              गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाबाहेक चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश १ मा चुनावी तालमेल वडा तहसम्मै गर्ने निर्णय गरेका हुन्। शनिबार इटहरीमा चार दलको बैठक बसेको थियो । प्रदेश १ का पालिकामा चुनावी तालमेल गरेर अघि बढ्ने सहमति गरेको नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष शिवकुमार डाँगीले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकले गठबन्धनमा रहेका बाहेक अन्य दलसँग चुनावी तालमेलको बाटो पनि बन्द गरेको छ। बैठकले तल्लो तहसम्मै गठबन्धन गरेर जाने निर्णय गरेको छ,उपाध्यक्ष डाँगीले भन्नुभयो-‘पहिलो निर्णयमै गठबन्धनमा रहेका दलबीच मात्र सहकार्य गरेर स्थानीय निर्वाचनमा जाने भनेका छौँ।’ बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र संघीय लिम्बुवान् राष्ट्रिय मञ्चलाई पनि सँगै निर्वाचनमा लान पहल गर्ने निर्णय पनि गरेको छ।

              बैठकले पालिकासम्म ‘निर्वाचन परिचालन समिति’ गठन गर्ने निर्णय गरेको छ। बैठकले चुनावी तालमेलको ‘मोडालिटी’ बनाउन पार्टीका प्रदेश प्रमुखसँगै हरेक दलबाट एक–एक जना सदस्य रहने गरी ‘मोडालिटी निर्माण समिति’ र तालमेल कार्यान्वयनका लागि ‘अनुगमन संयन्त्र’ पनि गठन गरेको छ।

            ‘मोडालिटी निर्माण समिति’ मा नेपाली कांग्रेसबाट प्रदेश सभापति उद्धव थापा र महासचिव उमेश थापा, माओवादी केन्द्रबाट प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र उपाध्यक्ष शिवकुमार डाँगी, नेकपा एकीकृत समाजवादीबाट प्रदेश अध्यक्ष बलदेव चौधरी र उपाध्यक्ष धर्म निरौला तथा जनता समाजवादी पार्टी (जसपा) बाट प्रदेश अध्यक्ष प्रवीण चाम्लिङ र उपाध्यक्ष उमेशकुमार थापा छन्। यस्तै ‘अनुगमन संयन्त्र’ मा चारवटै दलका प्रदेश प्रमुख रहने निर्णय गरिएको माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष डाँगीले जानकारी दिनुभयो।

          उहाँले सत्ता गठबन्धनमा रहेका दलले चुनावी तालमेलका लागि गरेको निर्णयभन्दा बाहिर कोही नजाउन् भनेर पनि संयन्त्र बनाइएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com