2

Logo २०८३ बैशाख १४ सोमबार
रेडियो रामपुरको १४ औं वार्षिकोत्सब सम्पन्न

रेडियो रामपुरको १४ औं वार्षिकोत्सब सम्पन्न


Sabalnews प्रकाशित मिति : आइतबार, कार्तिक २७ २०७९
568

पाल्पा ।

सामुदायिक रेडियो रामपुर एफ एम १०३ दशमलव ६ मेगाहर्जले १४ औँ वार्षिकोत्सव कार्यक्रम मनाएको छ । रामपुर नगरपालिका वडा नं ५ सानीअमराईमा रहेको रेडियोले आफ्नै  भवनमा वार्षिकोत्सव मनाएको हो ।

रेडियो सञ्चालक समितिका अध्यक्ष ऋषिराम भट्टराईको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्यालले गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अर्यालले कालीगण्डकीवेशीकै पहिलो रेडियोको रुपमा रहेको सामुदायिक रेडियो रामपुरले यस क्षेत्रमा सुचना, समाचार प्रसारणमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ । जनताको आवाज बोल्ने रेडियोले कर्मचारीलाई बेला बेलामा स्तर बृद्धि गर्ने खालका कार्यक्रम गरी सुदुढीकरण योजना बनाउँदै अगाडी बढनुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष भट्टराईले अध्यक्षको वार्षिक प्रतिवेदन पेश गर्नुहुदै रेडियोको संस्थागत विकासमा पालिकाको सहयोग अति आवश्यक रहेको बताउनुभएको छ । उहाँले नेपालमै सबैभन्दा धेरै आजिवन सदस्यको रुपमा रहेको यो रेडियोले दुर दराजका वस्तीमा सुचनाको संवाहक बनेर काम गरिरहेको बताउनुभएको छ ।

कार्यक्रममा स्टेशन प्रबन्धक सिर्जना घिमिरेले रेडियो स्थापनाकाल देखि हालसम्मका विभिन्न गतिबिधिबारे जानकारी गराउनुभएको छ । कोषाध्यक्ष छायाँचन्द्र पंगेनीले कोषाध्यक्षको प्रतिवेदन र बजार व्यवस्थापक शोभाकान्त पाठकले आर्थिक प्रतिवेदन पढेर सुनाउनुभएको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरिक्षक लक्ष्मण देवकोटा, रामपुर नगरपालिका वडा नं-५ का वडाध्यक्ष दिवाकर देवकोटा, कालीगण्डकी सामुदायिक विकास केन्द्रका अध्यक्ष देवेन्द्रप्रसाद पोखरेल, नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटि अध्यक्ष विष्णुप्रसाद रेग्मी, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य कमलराज भट्टराई, नेकपा समाजवादीका नगर कमिटि अध्यक्ष फणेश्वर गौतम, सामुदायिक रेडियो रामपुरका पूर्व स्टेशन प्रबन्धक सुकदेव पोखरेल, बासुदेव ढकाल, कालीगण्डकी सामुदायिक विकास केन्द्रका संचालक समितिका उपाध्यक्ष एकराज अर्याल, रामतुलसी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेल, रेडियोका प्रतिनिधि दानस मल्ल लगायतले बोल्नुहुदै सुचना र संचारको भरपर्दो माध्यमको रुपमा यस रेडियोले ग्रामीण भेगमा सुचना, प्रसारणमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।

संचालक समितिका उपाध्यक्ष रामप्रसाद खत्रीको स्वागतबाट सुरु भएको कार्यक्रममा धन्यवाद उपाध्यक्ष हमिद अलिमियाँले र संचालन स्टेशन प्रबन्धक घिमिरेले गर्नुभएको हो । २०६२ सालमा इजाजत पत्र प्राप्त गरी २०६५ साल कात्तिक २६ गतेदेखि नियमित रुपमा प्रसारण सेवा रेडियोले सुरु गरेको हो । रेडियोमा आजिवन र बिशिष्ठ आजिवन सदस्य गरी नौसय बढीको हाराहारीमा सदस्य रहनुभएको छ । यस रेडियोले पाल्पा, स्याङ्गजा, तनहुँ, नवलपरासी, गुल्मी, कास्की लगायतका विभिन्न जिल्लामा रेडियोले सेवा प्रवाह गर्दै आइरहेको छ । वार्षिकोत्सव बिशेष कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।

सोही अवसरमा रामपुर नगरपालिका वडा नं ५ भम्बक कठानखेत बस्ने राजु मश्राङ्गी रेडियोको बिशिष्ठ आजिवन सदस्य बन्नुभएको छ । वार्षिकोत्सवको अवसरमा मश्राङ्गीले पाँच हजार पाँच रकम बुझाएर आजिवन सदस्यता लिनुभएको छ। हाल यो रेडियो बिहान ५ बजेदेखि राती सावा १० बजेसम्म प्रसारण हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com