विश्व कृतिमानी रच्ने तयारीमा रामेछापका युवा
रामेछाप ।
रामेछापको मन्थली नगरपालिका ९ का लक्ष्मण सेन्चुरीले घुडाले बल चेपी ब्याकफिल्प गरेर विश्व कृतिमानी रच्ने तयारीमा छन् ।
सेन्चुरीले साेमबार जिल्ला समन्वय समितिकाे प्राङ्गणमा उक्त खेल प्रदर्शन गरेका छन् । गिनिजबुक अफ वल्ड रेकर्डमा आफ्नाे नाम दर्ज गर्न सेन्चुरीले घुडाले वल च्यापेर ११ पटक उल्टी जम्प गर्न सफल भएका थिए ।
उक्त खेल प्रति सेन्चुरीकाे सानै उमेर देखि रुचि रहेकाे र साेही खेल मन्थली स्थित तामाकोसी नदीको किनारमा अभ्यास गर्ने गरेकाे जानकारी दिएका छन् । यस खेलबाट विश्व रेकर्ड बनाएर आफ्नो देशकाे नाममा रेकर्ड राख्ने तयारीमा सेन्चुरी लागेका हुन् । साेही खेलबाट विश्व कृतिमानीकाे उपाधी हात पार्नका लागि करिब ३ महिनादेखि तयारी गरिरहेका छन् ।
उक्त खेलमा यसअघि नाइजेरियाका भिन्सेन्ट अकेजीले १० पटक सम्म उल्टी जम्प गरेर विश्व कृतिमानीकाे उपाधी पाएका थिए ।