2

Logo २०८३ बैशाख १३ आइतबार
एमालेलाई घाँडो भएपछि प्रचण्ड र माधव नेपाल पन्छाएको बस्नेतको भनाई

एमालेलाई घाँडो भएपछि प्रचण्ड र माधव नेपाल पन्छाएको बस्नेतको भनाई


Sabalnews प्रकाशित मिति : शनिबार, चैत्र १९ २०७८
862

पाल्पा : नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रचण्ड र माधव नेपाल एमालेलाई घाँडो भएपछि पन्छाएको बताउनुभएको छ ।

हामीले पन्छाएका ती व्यक्तिहरू अहिले कांग्रेसलाई घाँडो भइरहेको छ शनिबार पाल्पाको रामपुर नगर कमिटी राष्ट्रिय युवा संघ नेपालको अधिवेशन उद्घाटन गर्दै बस्नेतले भन्नुभयो- जहाँ पनि घाँडो हुनेहरु गएका हुन्। प्रचण्ड, माधव र उपेन्द्र यादव यी तीन नेता र उनका दल काँक्रोको झाल जस्तै थाक्रो बिना फल्न नसक्ने फल भएको टिप्पणी गर्दै उहाँले पहिले एमालेलाई र अहिले कांग्रेसलाई प्रयोग गर्ने थाक्रो बनाउन खोजेको आरोप लगाउनुभयो ।
अहिलेको गठबन्धन नेताको व्यक्तिगत स्वार्थमा बनेको र यसले एमालेलाई केही क्षति नगर्ने बस्नेतको दावी थियो। ‘एमालेले चाहेमा जुनसुकै बेला पनि गठबन्धन फुटाइदिन सक्छ’ उहाँले थप्नुभयो,-‘तर, एमालेले गठबन्धनलाई केही गरिरहनै पर्दैन, कुनबेला कताबाट अलिकति हावा निस्किएर गठबन्धनको चक्का आफैँ फुस्किन्छ।’नेता बस्नेतले प्रचण्ड र माधव आफ्नो स्वार्थका लागि जे सुकै गर्न पनि तयार हुने गरेको आरोप लगाउनुभयो।
चुनाव जित्न रातारात आश्वासन बाँड्ने र पछि विभिन्न बहानामा विकास एवं जनताको काम काङ्ग्रेसले नगर्ने उहाँको आरोप छ। विकास र सुशासनको लागि एमालेलाई मतदान गरेर बहुमत सहितको पहिलो पार्टी बनाउन समेत उहाँले आग्रह गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com