2

Logo २०८३ बैशाख १४ सोमबार
प्रदेश आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री शर्मा पुर्वी पाल्पामा

प्रदेश आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री शर्मा पुर्वी पाल्पामा


Sabalnews प्रकाशित मिति : आइतबार, कार्तिक २० २०७९
799

पाल्पा

लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्मा पुर्वी पाल्पाको अबलोकन अनुगमनमा आउनुभएको छ ।

जिल्लाको पुर्वी भेगका विभिन्न क्षेत्रको अबलोकन अनुगमनमा आउनुभएका मन्त्री शर्माले पहाडी उपत्यका रामपुर र समग्र कालीगण्डकी बेशीको बारेमा जिज्ञासा राख्नुभएको छ ।
मन्त्री शर्माले रामपुर नगरपालिका र इलाका प्रहरी कार्यालय रामपुरको निरीक्षण गर्नुभएको छ ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले मन्त्री शर्मालाई नगरपालिकामा स्वागत गर्दै नगरको विकास र अबाथा बारे जानकारी दिनुभयो । पहिलो पटक रामपुर क्षेत्रमा आउनुभएका मन्त्री शर्माले पहाड बिचमा ठूलो समथर उर्वरभुमि यहाँको भौगोलिक बनावट निकै सुन्दर रहेको बताउनुभयो ।
कृषि र पर्यटन विकास नै नेपालको दिगो आम्दानीको श्रोत भएको बताउदै उहाँले कृषियोग्य भुमि र पर्यटन प्रवर्द्धनमा जोड दिन आग्रह गर्नुभयो । “रामपुर निकै सम्भावनायुक्त स्थान छ, विकासको राम्रो खाका बनाएर काम गरियो भने यो क्षेत्रले छिट्टै फड्को मार्छ”- मन्त्री शर्माले भन्नुभयो । वि.स.२०६४ सालपछि मुलुकमा विकासले गति लिएको बताउँदै उहाँले प्रदेश सरकारले समानुपातिक विकासलाई जोड दिएको बताउनुभयो ।

नगर प्रमुख थापाले संभावना भएर पनि केन्द्र र प्रदेशमा सिधै जोडिने अबस्था नबन्दा यस क्षेत्र अझपछि परेको बताउनुभयो । राष्ट्रिय राजमार्गसँग केही पर रहदा विकास ढिलो भएको तर्फ इंकित गर्दै उहाँले कालीगण्डकी करिडोरले विकास पहुँचमा धेरै सहजता ल्याएको बताउनुभयो । कालीगण्डकी नदीमा र्‍याफि्टङ र राम्दी-देवघाट नदी किनार पैदल मार्ग बनाएर पर्यटक भुल्ने बस्ने खाकामा काम गर्ने प्रक्रियामा लागेको थापाले बताउनुभयो ।

त्यस्तै मन्त्री शर्माले इलाका प्रहरी कार्यालय रामपुरको अबस्थाबारे जानकारी लिनुभएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले इलाका प्रहरी कार्यालयको अबस्था, भवन अभाव, जनशक्ति, श्रोत साधन र यस क्षेत्रको शान्ति सुरक्षा बिषयमा जानकारी गराउनुभएको थियो ।

मन्त्री शर्माले पाल्पाको निस्दी गाउँपालिका ३ क्याङरुङ स्थित डाँडाथरमा बस्ती नै जोखिम हुने गरि गत महिना गएको पहिरोको अबलोकन गर्नुहुनेछ । पहिरोले पारेको क्षति, बस्तीमा परेको असर र स्थानीयको अबस्थाबारे मन्त्री शर्माले स्थलगत निरीक्षण गर्नुहुनेछ ।

यस पहिरोबाट डाडाथरका झण्डै ३५ परिवार प्रभावित छन् । पहिरो नजिकका ५ घरपरिवार आफन्तीको घरमा आश्रय लिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com