देउवा र मोदीले गरे भर्चुअलबाट नेपाल रेल सेवाको उद्घाटन
काठमाडौं ।
नेपाल रेल सेवाको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले भर्चुअल माध्यम मार्फत दिल्लीबाट संयुक्त उद्घाटन गरेका छन् ।
समकक्षी प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमा पार रेल लिङ्क उद्घाटन गरेका हुन् ।
रेल खरिद गरेको करिब दुई वर्षपछि रेल सेवा औपचारिकरुपमा उद्घाटन भएको छ । जयनगरमा प्रोजक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको थियो । दुबै देशका प्रधानमन्त्रीले छुट्टाछुट्टै हरियो झन्डा देखाएसँगै जयनगरबाट कुर्थातर्फ रेल अघि बढेको छ।
कुर्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसमेत रेलमा चढेर जनकपुरसम्म आउने र त्यहाँ उद्घाटनको अन्य कार्यक्रम हुनेछ ।