2

Logo २०८३ बैशाख १३ आइतबार
बिगत २०५१ देखि पाल्पा १ एमालेले जित्दा विकास भएन- प्रदेश सभा उमेदवार शंकर खनाल

बिगत २०५१ देखि पाल्पा १ एमालेले जित्दा विकास भएन- प्रदेश सभा उमेदवार शंकर खनाल


Sabalnews प्रकाशित मिति : शुक्रबार, कार्तिक १८ २०७९
848

पाल्पा

बिगत २८ बर्षदेखि एमालेले जितेकै कारण पाल्पा १ का गाउँ बस्तीमा तिब्र विकास हुन नसकेको नेपाली काङ्ग्रेस प्रदेश सभा सदस्यका उमेदवार शंकर खनालले बताउनुभएको छ ।

आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गाउँ- गाउँमा पुगेका गठबन्धनका उमेदवार र नेतालाई स्थानीयले अझ पनि पुर्वी पाल्पा पछाडी परेको गुनासो गरेका छन् ।

पाल्पा क्षेत्र न.१ मा बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरु मतदाता संग  चुनावी भेटबाट,घरदैलो कार्यक्रममा अझ पनि नागरिकको सामान्य आधारभुत आवश्यकता पूरा हुन नसकेको बताए  । पाल्पा १(२) का प्रदेश सभा उमेदवार खनालले एकैदलले दशकौ राज गरिरहे राजा महाराजा, दास र रैतीको व्यवहार हुने भएकाले विकास र परिवर्तनका लागि गठबन्धनलाई भोट दिन आग्रह गर्नुभयो ।

देशका हरेक असहज परिस्थितिमा काङ्ग्रेसले नै सुल्झाइदै आएको बताउदै उमेदवार खनालले पुनः काङ्ग्रेसकै नेतृत्वमा अबको सरकार बन्ने हुँदा माथिदेखि एउटै दलले जिते विकास गर्न सहज हुने भन्दै पुर्वी पाल्पालीले आफ्नो र आफ्नो ठाउको बिकासको लागि अब पुर्नबिचार गरि गठबन्धनका नेता जिताउनु पर्ने बताउनुभयो ।

क्षेत्र न.१ अन्तर्गत पुर्बखोला गाउँपालिकाको देबिनगर, जल्पामा स्थानीय संग भेट गर्दै खनालले  आगामी चुनावमा मतदान गरी जिताउन अपिल गर्नुभयो। “भौतिक पूर्वाधारको विकास संगै यहाँको  शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातको अवस्थामा सुधार र परिवर्तन ल्याउँदै आम नागरिकको दैनिकीलाई सहज बनाउने लक्ष्य लिएरै मैदानमा उत्रिएको छु, यही प्रमुख उद्देश्यलाई साथ दिदै युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनेर स्वरोजगार बनाउने कार्यमा मेरो भुमिका रहन्छ तपाईं मत र मन दिनुस्” खनालले भन्नुभयो ।

प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार एवं नेपाली कांग्रेस उपसभापति ज्ञान बहादुर गाहाले  संविधानको रक्षा, जिल्लामा विकासको गति तिब्र बनाउन, सुशासन तथा विकास मार्फत यस क्षेत्रका नागरिकको जिवन स्तर सुधार्दै परिवर्तन ल्याउन गठबन्धनका उम्मेद्वारलाई जिताउन आह्वान गर्नुभयो ।

बिगत २८ बर्ष देखि निरन्तर रुपमा नेकपा एमालेले नेतृत्व गरिरहँदा क्षेत्र न १मा विकास नगन्य रहेको बताउँदै उहाँले आगामी प्रदेश र संघीय सरकार समेत गठबन्धनकै बन्ने भएकाले यस पटक गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनुपर्ने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com