2

Logo २०८३ बैशाख १३ आइतबार
छैठौं मण्डली कपमा भलिवल खेल जारी

छैठौं मण्डली कपमा भलिवल खेल जारी


Sabalnews प्रकाशित मिति : बिहिबार, कार्तिक १७ २०७९
750

पाल्पा

पाल्पाको पुर्वखोला १ मा जारी छैटौँ मण्डली कप २०७९ अन्तर्गत क्लब स्तरीय खुल्ला पुरूष भलिबल प्रतियोगिता जारी छ ।

मण्डली स्पोर्ट्स क्लब निस्दीले कार्तिक १६ गतेदेखि शुरु गरेको भलिवल प्रतियोगिता अन्तर्गत बिहीबार ४ खेल सकिएको छ । आयोजक मण्डली स्पोर्ट्स क्लब र वालिङ भलिबल क्लब बिच भएको पहिलो खेलमा  वालिङ भलिबल क्लबले जितेको छ ।

फ्रेन्डसिप क्लव चापाकोट र लाफा समुह बुटवल बिचको दोस्रो खेलमा फ्रेन्डसिप क्लव चापाकोट बिजयी भएको छ ।
तेस्रो खेल आयोजक मण्डली स्पोर्ट्स क्लब र मणिमुकुन्द क्लव रूपन्देही बिच भएको थियो । श्रीनगर भलिबल क्लब तानसेन र लाफा समुह बुटवल बिचको चौथो तथा अन्तिम खेलमा श्रीनगर भलिबल क्लब पाल्पा बिजयी हुन सफल भएको क्लबका सचिव कृष्ण पङ्गेनीले जानकारी दिनुभयो ।
खेल बेस्ट अफ फाइभको आधारमा लिगकम नकआउटको आधारमा खेलाइएको छ ।

शुक्रबार बिहान ९ बजे श्रीनगर भलिबल क्लब र फ्रेन्डसिप क्लव चापाकोट भिड्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com