बुधबारदेखि मण्डली कप हुँदै, उद्घाटनमा वालिङ क्लव र आयोजक मण्डली भिड्ने
पाल्पा ।
छैटौं मण्डली कप बुधबारदेखि शुरु हुदैछ । बिशेष गरि भलिवल खेलमै यस क्षेत्रमा प्रख्यात मण्डली स्पोर्ट्स क्लवको आयोजनामा खेल हुन थालेको हो ।
पहिलोपटक क्लब स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गरिएको हो । बिगतमा पालिका स्तरीय भलिवल प्रतियोगिता आयोजना गरिन्थ्यो ।
भलिवल खेलको तयारी पूरा भएको क्लवका अध्यक्ष अन्नत प्रसाद श्रेष्ठले बताउनुभएको छ । कार्तिक १६ देखि १९ गते सम्म क्लबको खेलमैदान सिलुवामा प्रतियोगिता चल्नेछ ।
पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले प्रतियोगिता उद्घाटनहु गर्नुहुने क्लबका सचिव कृष्ण पङ्गेनीले जानकारी दिनुभयो खेल उद्घाटन सत्रमा वालिङ भलिवल क्लव र मण्डली स्पोर्ट्स क्लव बिच खेल हुने क्लवका सचिब कृष्ण पंगेनीले बताउनुभयो ।
“मण्डली स्पोर्टस् क्लवको शान, खेलकुद तथा लोक संस्कृतिको पहिचान’’ भन्ने नारा सहित २०७३ सालमा सिलुवामा स्थापना भएको हो । क्लबले प्रत्येक बर्ष खेलकुद सहित बौद्धिक प्रतियोगिता राख्दै आएको छ ।