नेकपा एमालेका नेताहरु घरदैलोमा व्यस्त
पाल्पा ।
आगामी निर्वाचनलाई लक्षित गर्दै चुनाबी प्रचारमा रहेको नेकपा एमालेले पाल्पामा घरदैलो अभियानलाई जोड दिएको छ । पाल्पा क्षेत्र नं. १ र प्रदेश सभाका उमेद्धारहरु यतिबेला मत माग्दै गाउँमा पुगेका छन् ।
नेकपा एमाले पाल्पा १ का प्रतिनिधी सभा सदस्य उम्मेदवार नारायण प्रसाद आचार्य सोमबार निस्दी गाउँपालिका वडा नं.५ गल्धाका मतदाताहरुलाई भेट गर्नुभएको छ । उहाँले गल्धाको विकास र आबश्यकतालाई ध्यानमा राखेर काम गर्ने बताउनुभयो । टोली गल्धाको गल्धाफाँट, ढुङ्गानाबेशी सहितका क्षेत्रमा पुगेको हो ।
पाल्पा क्षेत्र नम्बर १ (१)का प्रदेशसभा सदस्य उम्मेदवार राजुप्रसाद श्रेष्ठले संभावना र पालिका जोड्ने मुख्य भुमि गल्धाको विकासमा आफु नियमित लाग्ने बताउनुभयो । रामपुर–निस्दी हुँदै गैडाकोट सडकको स्तरोन्नती, नेपाल टेलिकमको टावर सुविधा र इन्टरनेट सहजतामा आफूहरुले काम गर्ने बताउनुभयो ।
त्यस्तै नेकपा एमाले पाल्पा १(२)का प्रदेशसभा सदस्य उम्मेदवार खेम बहादुर सारुले रम्भा गाउँपालिका–२ फोक्सिङकोटका विभिन्न टोलहरुमा पुगि मतदाताहरुसँग भेटघाट गर्नुुभएको छ । प्रदेश सभा सदस्य सारुले फोक्सिङकोट लाई व्यसायिक बाख्रा पालन, घरेलु मदिरा ब्राण्डिङको लागि पहल गर्ने बताउनुभयो ।
पाल्पा क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य एमाले उम्मेदवार ठाकुर प्रसाद गैरे र प्रदेश सभा सदस्य उम्मेदवार ओम बहादुर घर्तिमगर पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ६ जुठापौवामा घरदैलो गर्नुभएको छ । उहाँले जनताको काममा प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।
पाल्पा २ (१)का प्रदेशसभा सदस्य उम्मेदवार परशुराम भट्टराई पनि निर्वाचन क्षेत्र अन्र्तगतका विभिन्न वडाहरुमा पुगेर मतदाताहरुसँग भेटघाट गरिरहनुभएको छ ।