2

Logo २०८३ बैशाख १३ आइतबार
गाउँ नै शोकमा डुबेपछि वडाले दियो शोकबिदा

गाउँ नै शोकमा डुबेपछि वडाले दियो शोकबिदा


Sabalnews प्रकाशित मिति : सोमबार, कार्तिक १४ २०७९
3.3K

पाल्पा ।

बस दुर्घटनाले गाउँ नै शोकमा डुबेपछि पाल्पाको रम्भा गाउँपालिका १ नम्बर वडाले सोमबार वडामा शोक बिदा गरेको छ ।

एकै गाउँका ४ सहित ५ जनाको ज्यान जाने गरि आइतबार बिहान नवलपुरको बुलिङटारमा भएको बस दुर्घटनामा रम्भा १ हुगीका २५ जना दुर्घटनामा परेका हुन् । साथै हुगीदेखि कालीगण्डकी नदी पारीको छिमेकी गाउँ स्याङ्जा गल्याङका अन्य घाइते छन् भने पाल्पाकै छिमेकी पालिका रामपुर नगरपालिकाका बस चालक र सहचालक दुर्घटनामा घाइते छन् ।

दुर्घटनामा घाइतेको भरतपुरको नारायणी सामुदायिक अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । बसका सहचालक तथा बस धनीका छोराको हाल काठमाडौंमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

गोरखाको मनकामना मन्दिर दर्शनका लागि  शनिबार राती गाउँले जम्मा भएर हिडेको ना ६ ख ७५८० नम्बरको बस आइतबार बिहान ३ बजे दुर्घटनामा परेको थियो । ३४ यात्रु सवार बस दुर्घटनाले रम्भा १ हुगीका गाउँ यतिबेला शोकमा डुबेको छ ।

दुर्घटनाले बियोगमा परेको गाउँमा सोमबार शोकबिदा दिने शोक बिदा पत्र निकाल्दै रम्भा १ का वडा अध्यक्ष इश्वरी काफ्लेले जनाउनुभएको छ । गाउँबासी चढेको बस दुर्घटनामा ठुलो क्षति भएको छ । यस दु:खद दुर्घटनाले रम्भा १ वडा शोकमग्न
भएको छ, वडाध्यक्ष काफ्लेद्दारा हस्ताक्षरित शोक बिज्ञप्तिमा भनिएको छ-“दुर्घटनामा ज्यान गुमाउने वडाबासी तथा सम्पुर्णप्रति दिवंगत प्रति चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौ। एवं उपचाररत घाइतेको स्वास्थ्यलाभको कामना गर्दछौ । सोमबार रम्भा १ का सरकारी कार्यालय, गैरसरकारी संघसस्था तथा विद्यालयहरु शोकमा बिदा हुनेछ” पत्रमा भनिएको छ ।

२ बसमा ६५ यात्रु लिएर मनकामना दर्शनका लागि गएको एउटा बस दुर्घटनामा परेको हो । बस रामपुर- गैडाकोट कालीगण्डकी करिडोर सडकखण्डको बुलिङटारमा सडकदेखि करिब १ सय मिटर तल खसेको थियो । बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान  प्रहरीको छ ।

दुर्घटनामा रम्भा १ हुगीकी ६२ बर्षकी धनि बि.क.,  ४१ बर्षका तारा बहादुर बि.क.,१७ बर्षका बिनय बि.क. ५८ बर्षकी देवी गाहा र स्याङजाको गल्याङ नगरपालिका ९ बेलचौरकी ४५ बर्षकी फुलमाया माझी रहेका छन् । मृतकको रामपुर अस्पतालमा पोष्टमार्टमपछि आफन्तीलाई शब बुझाइएको वडा अध्यक्ष काफ्लेले बताउनुभयो । दुर्घटनामा अन्य २९ जना घाइते छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com