पाल्पा १ को प्रतिनिधि र प्रदेश सभाकै नेतृत्वमा नयाँ अनुहार
पाल्पा ।
पाल्पा १ को निर्वाचनमा प्रायः सबै उमेद्धार नयाँ अनुहारका छन् । जिल्लाको २ निर्वाचन क्षेत्र अन्तर्गत २ प्रतिनिधि सभा र ४ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र छ ।
यी निर्वाचन मध्य प्रतिनधि सभा क्षेत्र नम्बर १ मा साना दलबाट राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधि सभा उमेद्धार बाहेक सबै जना उमेद्धार नयाँ अनुहारका छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर १ को २ (ख) मा मंगोल नेशनल अर्गनाइजेशनका प्रदेश सभा उमेद्धार लाल बहादुर दर्लामी बाहेक प्रदेश सभा निर्वाचनमा पनि ठुला राजनितिक दलदेखि साना दलले सबै नयाँ अनुहारलाई उठाएको छ । त्यसैले पाल्पा १ को प्रतिनिधि तथा प्रदेश सभाको नेतृत्वमा नयाँ अनुहार आउने देखिन्छ ।
पाल्पामा प्रमुख राजनितिक दलहरुबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ । यी पार्टीबाट अहिलेको निर्वाचनमा नयाँ अनुहारले प्राथमिकता पाएका छन् । आगामी मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन र राप्रपा सहित नेकपा एमालेको पनि गठबन्धन रहेपनि पाल्पा १ प्रतिनिधि सभा र प्रदेश सभामा सहमतिबाटै सबै उमेद्धार नेपाली काग्रेंस र नेकपा एमालले पाएको छ । त्यसैले पनि यस क्षेत्रमा यी राजनितिक दलबीच मुख्य प्रतिस्पर्धा रहन्छ ।
पाल्पा १ को प्रतिनिधि सभामा नेकपा एमालेबाट गत प्रदेश सभा सदस्य रहेका नारायण प्रसाद आचार्य रहेका छन् । उनका प्रतिस्पर्धीमा नेपाली काग्रेंसका जिल्ला उपसभापति ज्ञान बहादुर गाहा छन् । आचार्य गत प्रदेश सभामा पाल्पा १ को २ बाट प्रदेश सभा सदस्य हुन् ।
अहिले पाल्पा १ (१)मा नेपाली काग्रेंसले श्यामकान्त खनाललाई प्रदेश सभामा उमेद्धार बनाएको छ । उनका प्रतिस्पर्धी नेकपा एमालेले राजु प्रसाद श्रेष्ठलाई उठाएको छ । हाल रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष रहेका खनाल लामो समय निजामति सेवामा रहेर काम गरेका व्यक्ति हुन् भने श्रेष्ठ रामपुर क्षेत्रका सामाजिक संघसस्थामा आबद्ध छन् । उद्योग वाणिज्य संघदेखि यस क्षेत्रमा संघसंस्था रहेर का गर्दै आएका छन् ।
पाल्पा २(२) मा नेपाली काग्रेंसले युवा व्यवसायी शंकर खनाललाई उमेद्धार बनाएको छ । उनी पार्टीमा लामो समय काम गर्दै आएका हुन् भने नेकपा एमालेले निजि शैक्षिक संस्थाको जिल्लाको नेतृत्व गरेका युवा खेम बहादुर सारुलाई उमेद्धार बनाएको छ।
प्रतिनिधि सभामा पाल्पा १ बाट राजनितिक दल र स्वतन्त्र गरि १० जना उमेद्धार छन् । जसमा राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिंह दर्लामी पहिलो संविधान सभाको निर्वाचन २०६४ सालमा समेत प्रतिनिधि सभाका उमेद्धार थिए भने अन्य साना दलले सबै नयाँ अनुहार उठाएको छ । मंगोल नेशनल अर्गनाईजेशनबाट थमन बढा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञान बहादुर सिंजाली, जनता समाजवादी पार्टीबाट मेहरमान राना उमेद्धार बनेका छन् ।
४ स्वतन्त्र उमेद्धार सबै पहिलोपटक प्रतिनिधि सभामा उमेद्धार बनेका युवा हुन् । स्वतन्त्र उमेद्धार विपिन कडेंल युवा उद्यमी तथा इन्जिनियर हुन् । स्वतन्त्र उमेद्धार नारायण न्यौपाने युवा व्यवसायी हुन् । अर्का राजु सुनार र डोलराज तिमिल्सिना स्थानीय युवा हुन् ।
प्रदेश सभा उमेद्धारमा साना राजनितिक दलले उमेद्धार उठाएका छन् । प्रदेश सभाम स्वतन्त्र उमेद्धार छैनन् । १ (१) मा मंगोल अर्गनाइजेशनका पुर्ण बहादुर रुचाल, राप्रपाका डुल बहादुर गाहा, राष्ट्रिय जनमुक्ति पार्टीका भिमसेन सुनारी मगर छन् । पाल्पा १ (२) मा साना राजनितिक दलबाट मंगोल नेशनल अर्गनाइजेशनका लाल बहादुर दर्लामी दोहोरिएका प्रदेश सभा उमेद्धार हुन् । दर्लामी २०७४ सालको निर्वाचनमा समेत मंगोल नेशनल अर्गनाइजेशनबाटै यसै प्रदेश सभामा उमेद्धार थिए ।
यहाँ राप्रपाबाट लक्ष्मण पंगेनी र राष्ट्रिय जनमुक्ति पार्टीबाट टेक बहादुर राना प्रदेश सभा उमेद्धार छन् ।
यसरी पाल्पा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधि सभामा कुल १० र सो अन्तर्गतको प्रदेश सभा क र ख मा १० उमेद्वार चुनावी प्रचारप्रसारना छन् ।