करेन्ट लागेर पाल्पामा एक युवकको मृत्यु
पाल्पा ।
पाल्पाको रामपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रामपुर नगरपालिका वडा नम्बर ९ जब्गादीमा करेन्ट लागेर जब्गादीका २९ वर्षिय विष्णु बहादुर श्रेष्ठको मृत्यु भएको छ ।
मंगलबार विहान घाँस काट्न रुखमा चढेका श्रेष्ठलाई घाँस काट्ने क्रममा बिजुलीको तारमा छोइएपनि करेन्ट लागेर रुखबाट खसेका थिए । थ्री फेस लाईनलाई छोइएपछि उनी भुईमा खसेका थिए । घाइते श्रेष्ठलाई उपचारका लागि अस्पताल लगेकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकैको दबदबे जातको घाँसको रुखमा घाँस काट्न १० बजेतिर रुख चढेका उनी करेन्ट लागेर भुईमा खसेका थिए । घाईते श्रेष्ठलाई उपचारका लागि मिसन अस्पताल पाल्पा पठाईएको थियो । अस्पतालमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको पाल्पा प्रहरीले जनाएको छ ।