2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा बौलाहा कुकुरको बिगबिगी

पाल्पामा बौलाहा कुकुरको बिगबिगी


Sabalnews प्रकाशित मिति : बिहिबार, कार्तिक ३ २०७९
5.3K

पाल्पा

जिल्लाको माथागढी गाउँपालिकाका विभिन्न स्थानमा बौलाहा कुकुरको बिगबिगी बढेको छ । यस क्षेत्रका चिदीपानी, रुप्से र कसेनी लगायतका स्थानमा बौलाहा कुकुरले मानिस र पशु चौपायलाई टोक्ने गरेको स्थानीयले बताएका छन् ।

माथागढी १ को चिदीपानी बाहाखोक, कुनाबारी, ढकालकुना, दोहोरा, सोले खहरे, सराइ आसपासमा बौलाहा कुकुरले टोकेर देढ दर्जन बढी घाइते भएको वडाअध्यक्ष राजकुमार पन्थीले जानकारी दिनुभयो ।

केही दिनदेखि बौलाहा कुकुरले घर गोठमा डुलेको र बाटोमा हिड्न नहुने भएको केही स्थानीयले बताउदै आएका थिए पन्थीले भन्नुभयो- अहिले बौलाहा कुकुरले हिड्नै नहुने अबस्था भयो ।

वडा अध्यक्ष पन्थी र कसेनिका वडा सदस्य मान बहादुर रानाले कुकुरको टोकाइबाट घाइतेलाई समन्वय गरेर जिल्ला अस्पताल, मिसन अस्पताल पठाउनुभएको छ । केही दिन सो  क्षेत्रमा नागरिक तथा स्थानीय बासीलाई सचेत र सतर्क रहन अनुरोध पालिकाले गरेको छ ।

कुकुर आतंकको समयमा सजक रहन अनुरोध गर्दै वडाध्यक्ष पन्थीले बौलाहा कुकुरको बिगबिगी रोक्न आबश्यक पहलकदमी भइरहेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com