आज गरिबी निवारण दिवस, तर ३५% नेपाली गरिबीको चरम रेखामुनि
काठमाडौं ।
आज अक्टोबर १७ तारिख अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस।
चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यका साथ संसारभर यो दिवस मनाइदै आइएको छ ।
Dignity For All in Practice’अर्थात् सबै जनासँग मिलेर गरिबी निवारण गरौ’ भन्ने नारा सहित गरिबी न्यूनीकरण र उन्मुलनको लागि कार्यक्रम तथा अभियान गरेर दिवस मनाइदैछ ।
सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघले बिकासोन्मुख देशमा खाना, नाना र छानाको अभावमा रहेका नागरिक गरिब हुन् भनि गरिबीको व्याख्या गरेको छ। विकसित देशमा सफा र शुद्ध पिउने पानीको अभाव, रोजगारी, सुरक्षा र शक्तिहिन हुनुलाई गरिवीको सूचक मानिन्छ ।
राष्ट्रसंघले शिक्षा, स्वास्थ्य लगायत दैनिक जीवनका आवश्यक १० परिसुचकको आधारमा दैनिक एक अमेरिकी डलरभन्दा कम आय भएका मानिसलाई गरिवीको सुचिमा राख्ने गरेको छ । विश्वमा तिन अर्ब भन्दा बढी मानिष गरिबीको रेखा मुनि रहेको राष्ट्रसंघले जनाएको छ ।
दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ। नेपाल सरकारले पनि यसका लागि कार्यक्रमहरू संचालन गर्दै आएको छ तर नेपालमा अझैपनि ३५% बढी नागरिक गरिबिको चरम रेखामुनी रहेको एक अध्ययनले देखाएको छ ।
नेपाल सरकारले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य राखेको थियो। नेपालमा गरिबी निवारणको लागि संघ, प्रदेश तथा स्थानीय तहमा अबौं रुपैयाँका फरक–फरक कार्यक्रमहरू संचालन भइरहेका छन्। तर, अपेक्षाकृत रुपमा भने नेपालमा गरिबी घट्न सकेको छैन ।