2

Logo २०८३ बैशाख १३ आइतबार
बाग्मती प्रहरीको सफलता: हराएका २ सय ३३ फेला- प्रमुख डीआईजी बज्राचार्य

बाग्मती प्रहरीको सफलता: हराएका २ सय ३३ फेला- प्रमुख डीआईजी बज्राचार्य


Sabalnews प्रकाशित मिति : सोमबार, असोज १० २०७९
1.1K

हेटौंडा ।

बागमती प्रदेश प्रहरी कार्यालयले हराएका २ सय ३३ जना फेला पारेको छ।

गत साउन २२ देखि असोज ६ गतेसम्मको अवधिमा हराएको तथ्यांकमा रहेका  ३ सय २९ जना मानिसमध्ये २ सय ३३ जना फेला परेको बागमती प्रदेश प्रमुख डीआईजी किरण बज्राचार्यले जानकारी दिनुभयो ।

हराउनेमा ६५ पुरुष, १ सय ४१ महिला, ३० बालक, ८५ बालिका र ८ जना ज्येष्ठ नागरिक थिए भने तीमध्ये ४० पुरुष, ९७ महिला, २५ बालक, ६७ बालिका र ४ जना ज्येष्ठ नागरिक फेला परेकाे बागमती प्रदेश प्रमुख डीआईजी बज्राचार्यले बताउनुभयो ।

सो अवधिमा भएका कामको विवरण सार्वजनिक गर्दै प्रहरीले प्रदेशमा प्रहरीले यो समयमा उल्लेख्य काम गर्न सफल भएको जनाएको छ । प्रदेशका १० वटै जिल्लामा प्रहरीले शान्ति सुरक्षा अपनाउने देखि रचनात्मक र बिभिन्न अभियान गरेको जानकारी दिइएको थियो ।

यस्तै यस अवधिमा लागुऔषधका ९४ वटा मुद्दामा १ सय २९ जनालाई पक्राउ गरेको छ । २ हजार ३ सय २० केजी गाँजा, ९५ केजी चरेश, २ केजी अफिम, १ सय ९४ ग्राम खैरो हेरोइन, दुई थान नाइट्रोजन ट्याब्लेट, ८ सय ८६ थान डाइजोपाम, ५ सय ३४ थान फेनरागन, ६ सय ६७ थान नुर्फिन, १ सय ५१ थान बुर्फिननर्पिन र १ सय १० थान नाइट्रोजेपाम प्रहरीले बरामद गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com