2

Logo २०८३ बैशाख १३ आइतबार
गठबन्धनको आजको बैठकले भागबण्डाको पहिलो खाका कोर्यो, दलहरु लचिलो हुँदै

गठबन्धनको आजको बैठकले भागबण्डाको पहिलो खाका कोर्यो, दलहरु लचिलो हुँदै


Sabalnews प्रकाशित मिति : बिहिबार, भाद्र १६ २०७९
1K

काठमाडौं ।

बिहानदेखी बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रतिनिधि सभाको भागबण्डाको खाका बनाएका छन् ।

गठबन्धनका पाँच दल मिलेर प्रत्यक्षतर्फको १ सय ६५ सिट बाँडफाँट गरेका छन् । पहिलो चरणको खाका बनाइएको र पुनः बैठक बसेर पूर्ण खाका सार्वजनिक गर्ने तयारीमा दल छन् ।

बिहान ११ बजेदेखि बसेको कार्यदलको बैठकमा दलहरु केही लचिलो देखिएका छन् । बैठकबाट नेपाली कांग्रेस ८६, माओवादी केन्द्र ४७, नेकपा एकीकृत समाजवादी १८, जसपा १३ र राष्ट्रिय जनमोर्चा १ सिट लिने लगभग समझदारी जुटेको छ।

एक नेताका अनुसार कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले सहमति जुटाएको सिट संख्यालाई कार्यदल बैठकले अन्तिम रुप दिनेछ।

काङ्ग्रेसले यस अघि १०० सिटको दावी गरेको थियो । अहिले ८५ देखि ८६ सिट काङ्ग्रेस, माओवादी केन्द्र ४५ देखि ४७, एकीकृत समाजवादी १५ देखि १८ र जसपा १२ देखि १३ सिट र राष्ट्रिय जनमोर्चालाई १ सिट दिनेगरी समझदारीको खाका बनेको एक नेताले जानकारी दिए । बढी सिट लिएर हार्नुभन्दा सबै जित्ने गरी सिट लिनु उपयुक्त हुने प्रधानमन्त्रीको राय थियो।

‘हामीले सय सिट लिएर ५० सिट जित्नुभन्दा ८५ सिट लिएर कम्तीमा ८० सिट जित्नु राम्रो हो भनेर प्रधानमन्त्रीले कार्यदलमा रहेका नेताहरुलाई सुझाव दिनु भएको थियो’ त्यहीअनुसार कार्यदलमा छलफल भएर सहमति जुटाउन लागिएको हो।

सिट संख्या टुंगो लगाएपछि फेरि कार्यदलले निर्वाचन क्षेत्रका विषयमा छलफल गर्नेछ। निर्वाचन क्षेत्र पनि यसैगरी सहमतिको आधारमा बाँडफाँट गर्ने ती नेताहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com