नेपाली फिल्म ” झिगेदाउ” शुक्रवारदेखि देशभर प्रदर्शनमा
काठमाडौं ।
नयाँ नेपाली फिल्म ‘झिँगेदाउ’ भोलीदेखि प्रदर्शनमा आउदैछ । निर्माता ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म शुक्रबारदेखि विभिन्न स्थानबाट एकैपटक प्रर्दशनमा आउन लागेको हो । फिल्मको ट्रेलर आइतबार राजधानीमा भएको छ ।
फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन्। कपनगडी सिनेमा तथा फिल्म क्रु नेपाल ब्यानरको निर्माणमा बनेको फिल्म नितान्त पारिवारिक सुख दु:ख संग जोडिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताउनुभयो ।
सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्ममा मुकुन र कुशल दाजुभाइको भूमिकामा देखिएका छन् भने केकी र आँचल देउरानी, जेठानीको भूमिकामा देखिएका छन्।
भिमनिधि तिवारीको कथामा आधारित फिल्ममा मुकुन भुषाल, कुशल बिष्ट, केकी अधिकारी, आँचल शर्मा, आयान खड्का, अभय बराल हिउवाला गौतम लगायतका कलाकारको मुख्य भूमिका छ।
पारिवारिक कथामा आधारित फिल्म झिगेदाउको सार्वजनिक ट्रेलर अबधिमा परिवार भित्रको प्रेम र द्वन्द्वलाई देखाइएको छ।