2

Logo २०८३ बैशाख १३ आइतबार
सुत्केरीलाई स्वास्थ्य चौकी आउदा एकतर्फी बाहिर जादा १० प्रतिशत एम्बुलेन्स छुट

सुत्केरीलाई स्वास्थ्य चौकी आउदा एकतर्फी बाहिर जादा १० प्रतिशत एम्बुलेन्स छुट


Sabalnews प्रकाशित मिति : बिहिबार, भाद्र ९ २०७९
2K

पाल्पा
जिल्लाको रामपुर नगरपालिका गाँडाकोट स्वास्थ्य चौकीले गाडाँकोटका बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने र रिफर हुने सुत्केरीलाई एम्बुलेन्स सेवामा भाडा छुट गरेको छ ।
नगरपालिकाको पुर्व भेग वडा नम्बर १ र २ साविक गाडाँकोट गाविसमा पर्छ । यही क्षेत्रमा सेवा दिने गरि गाँडाकोट स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र भलायटारमा बर्थिङ सेन्टर सञ्चालनमा छ । स्वास्थ्य संस्थामा नै सुत्केरी हुन आउने बढुन् भन्ने उद्देश्यले स्वास्थ्य चौकीले आफ्नो सेवा क्षेत्रका स्वास्थ्य संस्थाबाट दिइएको बर्थिङ सेन्टरमा सेवा लिन आउने सुत्केरी महिलालाई एकतर्फी भाडा छुट दिइएको स्वास्थ्य चौकी प्रमुख मजिबुर रहमान शेखले बताउनुभयो । यसले केही खर्चमा राहत त मिलेको छ नै सरल र सहज सेवा पनि पुर्‍याएको छ-उहाँले भन्नुभयो ।
स्वास्थ्य चौकी सञ्चालन समितिले सोही स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र भलायटारको बर्थिङ सेन्टरमा सुत्केरी हुन आएर बाहिर रिफर गरेर जानुपरेको खण्डमा समेत एम्बुलेन्स सेवामा १० प्रतिशत छुट दिएको छ ।
साविक गाँडाकोटमा गाडाँकोट स्वास्थ्य चौकी सहित आधारभुत स्वास्थ्य केन्द्र भलायटार, शहरी स्वास्थ्य केन्द्र खयरबोट र शहरी स्वास्थ्य केन्द्र चण्डीहानले स्वास्थ्य सेवा दिदै आएका छन् । जसमध्ये स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर छ । अन्य संस्था सहित ४ वटा स्वास्थ्य संस्थाको रिपोटिङ गाडाँकोट स्वास्थ्य चौकीले नै गर्छ । स्वास्थ्य चौकीको समन्वयमा सञ्चालित यी स्वास्थ्य संस्थाले रामपुर नगरपालिका १ र २ का नागरिकलाई स्वास्थ्य सेवा दिदै आएको छ ।
नगरपालिका केन्द्रदेखि पुर्वका यी वडामा एम्बुलेन्स आबश्यकता परेको खण्डमा पहिले बजार क्षेत्रमा रहेका संस्थाबाट सञ्चालित वा रामपुर अस्पतालबाट एम्बुलेन्स मगाउनुपथ्र्यो । अहिले गाडाँकोट स्वास्थ्य चौकीबाटै सञ्चालन भएको एम्बुलेन्स बोलाउन छिटो छरितो हुँदा सेवा लिन सहज भएको स्थानीय इन्दिरा केसीले बताउनुभयो । हाल रामपुर नगरपालिकामा १६ वटा स्वास्थ्य सस्थाबाट स्वास्थ्य सेवा दिइएको छ ।
कतार च्यारिटीले लुम्बिनी प्रदेश सरकार मार्फत गाडाँकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको हो । प्रदेशका विभिन्न जिल्लाका दुरदराजका नागरिकलाई सेवा दिने उद्देश्यले कतार च्यारिटीले लुम्बिनी एकीकृत विकास संस्थाको समन्वयमा प्रदेशका ८ वटा सरकारी स्वास्थ्य संस्था मार्फत सञ्चालन हुने गरि गत चैतमा एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।
आवश्यकता र भौगोलिक अबस्थालाई मध्यनजर गर्दै प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले पाल्पा रामपुरको गाडाकोट स्वास्थ्य केन्द्र सहित सो समयमा गुल्मी कालीगण्डकीको पुर्तिघाट स्वास्थ्य केन्द्र, रुपन्देही मर्चवारीको रायपुर प्राथमिक स्वास्थ्य केन्द्र, कपिलवस्तु शिवराजको शिवराज स्वास्थ्य केन्द्र, बांके नरैनापुरको लक्ष्मणपुर स्वास्थ्य केन्द्र, बर्दिया राजपुरको बदलपुर स्वास्थ्य केन्द्र, बबईको हापुरे स्वास्थ्य केन्द्र र प्युठान बिजुवारको प्युठान अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com