“जनताको साथमा कांग्रेस” अभियानका लागि लुम्बिनी काङ्ग्रेसले खटायो प्रतिनिधि
बुटवल ।
“जनताको साथमा कांग्रेस” कार्यक्रमका लागी नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले जिल्ला- जिल्लाका निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ ।
नेपाली काङ्ग्रेस केन्द्रिय समितिले ७७ जिल्लामा केन्द्रिय सदस्यहरुलाई खटाए लगत्तै प्रदेश कार्य समितिले प्रदेश सदस्यलाई जिल्लाका प्रदेशसभा क्षेत्रमा खटाएको नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापती अमर सिं पुनले जानकारी दिनुभयो ।
जिल्लाका प्रदेश सभा क्षेत्रमा खटिएका प्रतिनिधिहरु अभियान अघि पुगेर प्रदेश र सो अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अबस्था बुझ्ने र निर्वाचन केन्द्रित अभियान चलाउनुपर्नेछ ।
(को-को प्रतिनिधि खटिए लुम्बिनी प्रदेशसभा निर्वाचन क्षेत्रमा)

