अस्ताए कांग्रेसका प्रखर बक्ता गिरी
काठमाडौं ।
नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ।
७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पतालले जनाएको छ।
विगत तीन सातादेखि उनको मेडिसिटीमा उपचार हुँदै आएकोमा परिवारको आग्रहपछि शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो ।
शुक्रबार भेन्टिलेटरबाट निकालेर आइसियुमा राखिएको थियो । विगत तीन सातादेखि गिरीको उपचार भइरहेको थियो ।
लामो समय भारतमा उपचार गरेर स्वदेश आएका गिरी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका हुन् । घाँटीको क्यान्सरबाट पीडित उनलाई निमोनिया पनि देखिएको थियो ।