2

Logo २०८३ बैशाख १४ सोमबार
ट्रकमा चढेर सहचालक कुट्न खोज्ने युवकको खसेर ज्यान गयो

ट्रकमा चढेर सहचालक कुट्न खोज्ने युवकको खसेर ज्यान गयो


Sabalnews प्रकाशित मिति : मंगलबार, साउन ३१ २०७९
701

पाल्पा ।

सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन-बुटवल सडक खण्ड अन्तर्गत तानसेन जरेपिपलमा ट्रकमा चढ्ने क्रममा खसेर एक जना युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा तानसेन ८ जरेपिपलका २५ वर्षिय विक्रम श्रेष्ठ रहेका छन् । जन्मदिन मनाएर मापसे गरी श्रेष्ठ सहित केही युवा राती सडकमा सुतिरहेकोमा सडक छाड्न पठाउदा नमानेर कुट्न ट्रकमा चढ्ने क्रममा खसेर उनको ज्यान गएको हो ।

गएराति झण्डै साढे १२ बजे बुटवलबाट तानसेन तर्फ आईरहेको ग १ ख १०१५ नम्बरको ट्रकले बाटो छाड्नको लागि हर्न बजाउने क्रममा उनीहरु उठेर सहचालकलाई कुटपिट गर्न ट्रकमा चढ्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

सोही क्रममा ट्रक बाट लड्दा घाइते भएका श्रेष्ठको
लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरिक्षक गौतम बोहोराले जानकारी दिनुभयो ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com