साउनको अन्तिम सोमबार तिर्थस्थलमा भक्तजनको भिड
काठमाडौं ।
साउनको अन्तिम सोमबार आज देशभरका तिर्थस्थलमा भगवान् शिवको पुजाआराधना गर्नेको दिनभर नै भिडभाड रह्यो ।
यसबर्ष साउनमा ५ वटा सोमबार र एकादशी समेत सोमबार नै परेकाले प्रायः प्रत्येक सोमबार मठमन्दिरमा भिड बढेको हो । साउनलाई भगवान् शिबको महिनाका रुपमा हिन्दु धर्मावलम्बीले लिने गर्दछ्न् । आज बिहानैदेखि स्नान गरि शिव मन्दिर,शिवालय तथा नजिकका मन्दिरमा पुगेर पुजा गर्नेहरुको भिड देखिन्थ्यो ।
साउन अन्तिम सोमबार देशकै ऎतिहासिक धरोहर पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि पुजा गर्नेहरुको लाइन बसेको पशुपपति मन्दिर व्यबस्थापन समितिले जनाएको छ ।
अझ सोमबार बिहानैदेखि भगवानको पुजा गर्न, मन्दिरमा एकाग्र भई आरती हेर्न पुग्नेहरुको भिडभाड थियो । नदीको पुलमा भक्तजनको जोखिम बढ्ने गरेको कतिपयको भनाई छ ।