2

Logo २०८३ बैशाख १३ आइतबार
प्रवासी नेपाली मञ्च ओमानको तेस्रो अधिवेशन सम्पन्न

प्रवासी नेपाली मञ्च ओमानको तेस्रो अधिवेशन सम्पन्न


Sabalnews प्रकाशित मिति : आइतबार, साउन २९ २०७९
2.1K

ओमन ।

प्रवासी नेपाली मञ्च ओमानको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले रामकुमार आचार्यको अध्यक्षतामा १७ सदस्यीय कमिटि सर्वसम्मत गठन गरेको छ ।

कमिटिको उपाध्यक्षमा रामहरि गिरी, सचिव महेश प्रसाद न्यौपाने, उप सचिवद्वय हिरा कुमारी पौड्याल र खगेन्द्र रिजाल, सदस्यहरुमा गणेश प्रसाद पाण्डे (आर्थिक विभाग प्रमुख), राम भक्त सडौला (प्रबक्ता), गौतम सापकोटा, चिरञ्जिवि पाण्डे, भुपाल चौहान, धन बहादुर घले, सर्भेस कुमार गडेरी, मुना कार्की, उध्दवराज खत्री, गणेश परियार, कृष्ण प्रसाद भट्टराई, र सन्तोस कटुवाल रहनुभएको छ ।

त्यस्तै बिष्णु चौलागाईको संयोजकत्वमा, सचिव भुपेन्द्र बाब्ली, सदस्यहरु डिल बहादुर बस्नेत, गणेश चोखाल र हेमा श्रेष्ठ रहेको लेखा कमिटी, सोमकृष्ण श्रेष्ठ संयोजक रहेको सल्लाहकार कमिटिमा मान बहादुर श्रेष्ठ र दिपक जिसी चयन हुनुभएको छ भने प्रमुख सल्लाहकारमा दिपक श्रेष्ठ रहनुभएको छ ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सांसद महेश बस्नेतले अधिबेशनलाई सम्बोधन गर्दै नेपालीहरुको आफ्नोपनले नेपाली हुनुमा पहिचान दिएको बताउनुभयो । उहाँले नवनिर्वाचित कमिटीलाई बधाई तथा पुर्ण कार्यकालको शुभकामना दिनुहुदै बिदेशिन बाध्य नेपालीको लगाब, सद्भाव र सहयोग निरन्तर नेपाल र नेपालीलाई हुनु गौरव रहेको उल्लेख गर्नुभयो ।

ओमनका लागि नेपाली कार्यवाहक राजदुत सोमेस थापा सहित ओमनमा स्थापित विभिन्न नेपाली बैचारिक राजनैतिक, जातीय, भेगीय, लैङ्गिक सघं सस्थाहरुका प्रतिनिधि सहित झण्डै २ सय जनाको सहभागिता रहेको थियो ।

मञ्चका उपाध्यक्ष विष्णु चौलागाईको स्वागतबाट अलरिफ होटल गोब्रामा भएको कार्यक्रमको संचालन मञ्चका महासचिव महेश न्यौपानेले गर्नुभएको थियो । मञ्चको बन्द सत्रले विविध बिषयमा छ्लफल गरि एजेण्डा पारित गरेको छ । कार्यक्रमको बिच- बिचमा नेपाली रमाइलो गित तथा नाच प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com