मामाघर आएका बालकको पोखरीमा डुबेर ज्यान गयो
पाल्पा ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका १ साउनेमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।
गुल्मी छत्रकोट ३ चोयघाका १४ बर्षीय बालक मनोज रेश्मीको पोखरीमा डुबेर मृत्यु भएको हो । रेश्मी मामाघर आएको बेला घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको स्थानीयले देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए ।
पोखरीबाट बेहोस अवस्थामा निकालेकोमा रेश्मीलाई उपचारको लागी अस्पताल पुर्याइएको थियो । रेश्मीको उपचारको क्रममा पाल्पा जिल्ला अस्पतालमा मृत्यु भएको र उक्त घटनाको थप अनुसन्धान अघि बढाइएको पाल्पाका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो ।