बिरामी बुवा भेट्न जादा ट्याक्टरको ठक्करबाट छोराको मृत्यु सुनेका बाबुको पनि ज्यान गयो
स्याङ्जा ।
स्याङ्जाको चापाकोट नगरपालिकामा ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
पाल्पाको रामपुरमा होटेल व्यबसाय गर्दै आएका ४५ वर्षीय लोक बहादुर कुँबर चापाकोट नगरपालिका १० भुमरीघाट घर जाने क्रममा चापाकोट ८ मा ट्याक्टरले ठक्कर दिएपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय चापाकोटका डिएसपी खर्क नारायण शाहले जानकारी दिनुभयो ।
कुँवर विरामी बुबालाई भेटन् घर जाने क्रममा बुधबार साझ झण्डै ८ बजे चापाकोट ८ क्वामी मिदुवामा ट्याक्टरले ठक्कर दिएको थियो । उनको चापाकोट अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि पोखरा लगिएकोमा मृत्यु भएको हो । प्रहरीले ट्याक्टर र चालकको खोजी भइरहेको जनाएको छ ।
बिरामीलाई भेट्न घर आउदै गरेका छोरालाई ट्याक्टरले ठक्कर दिएको घटना सुनेपछि कुवरको बुबाको पनि बुधबार राति मृत्यु भएको स्थानीयले बताएका छन् ।