2

Logo २०८३ बैशाख १३ आइतबार
साहित्यिक प्रतिष्ठानको नियमित रचना बाचन

साहित्यिक प्रतिष्ठानको नियमित रचना बाचन


Sabalnews प्रकाशित मिति : आइतबार, साउन २२ २०७९
1.3K

पाल्पा

रामपुर साहित्यिक प्रतिष्ठानले नियमित रचना बाचन कार्यक्रम आपचौरमा गरेको छ।

रामपुर नगरपालिका वडा न ८ आपचौर शिव दुर्गा मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा रामपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दिनेश आचार्यले बोल्दै देशमा भएका बिकृति बिसङ्गति, राजनिति फोहोरी खेलको द्वन्द हुँदै गएकोमा साहित्य मार्फत चिरफार गर्ने सन्देश दिएको बताउनुभयो ।

गंगा माध्यमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नरनारायण अर्याल, कृष्ण पौडेलले बोल्दै साहित्य समाजको दर्पण भएको बताउनुभयो ।

५० जनाको उपस्थिति रहेको रचना बाचन कार्यक्रममा सहभागी २३ जनाले गजल, मुक्तक, कविता, भावना, गित श्लोक भजन लगायतका रचना बाचन गरेका थिए ।

रामपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष बासुदेब ढकालको अध्यक्षतामा शिव दुर्गा मन्दिरमा भएको कार्यक्रममा मन्दिर ब्यबस्थापन समितिका सचिब दिपकमणि अर्यालले स्वागत गर्नुभएको थियो । साहित्यिक प्रतिष्ठानका उपाध्यक्ष हुमा देबकोटाले धन्यबाद व्यक्त गर्नुभएको रचना बाचन कार्यक्रमको संचालन मुक्तक मन्च रामपुरका उपाध्यक्ष समीर पौडेलले गर्नु भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com