परमानन्द बाल वृद्ध कल्याण संघको अध्यक्षमा देवकोटा
पाल्पा ।
परमान्नद बाल वृद्ध कल्याण संघ पाल्पाकाे नवौं साधारण सभा तथा चाैथाे अधिवेशन सम्पन्न भएकाे छ ।
अधिबेशनले शिव देवकाेटाकाे अध्यक्षता ९ सदस्यीय परमानन्द बाल-बृद्ध कल्याण संघ पाल्पाको नयाँ नेतृत्व चयन गरेको छ । संघकाे उपाध्यक्ष सरिता भण्डारी, सचिवमा तुल वहादुर रावल, सह सचिवमा रमेश वाेहाेरा र कोषाध्यक्षमा भाेजराज पराजुली चयन हुनु भएकाे छ भने अन्य सदस्यमा रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिका वडा न ७ का वडा अध्यक्ष प्रदिप खनालले साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्नुहुँदै नब निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो । मानव अधिकारकर्मी कृष्ण रावल, समाजसेवी माधव नेपाल, पत्रकार जिवलाल सुवेदी लगाएतले संघले गरेको सेवाका सन्दर्भमा बोल्नुभएको थियो । सस्थाका पुर्व अध्यक्ष हिरा आचार्यले सस्थाकाे गतिविधिका बारेमा जानकारी दिनुभएको हो ।
संघका कार्यबाहक अध्यक्ष सरिता भण्डारीकाे अध्यक्षतामा चलेकाे कार्यक्रम शिव देवकाेटाको संचालनमा भएको हो । सोही अबसरमा संघका आजिवन सदस्यहरूलाई खादा ओढाएर सम्मान गरिएकाे छ ।