पाल्पामा बर्षदिनको ट्राफिक कारबाहीमा १ करोड १३ लाख बढी राजश्व संकलन
पाल्पामा बर्षदिनको ट्राफिक कारबाहीमा १ करोड १३ लाख बढी राजश्व संकलन
1.3K
पाल्पा।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले ट्राफिक कारबाहीबाट एक बर्षमा १ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्ष २०७८/०७९ मा ट्राफिक कारबाहीबाट १ करोड १३ लाख ७१ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको ट्राफिक कार्यालय पाल्पाले जनाएको हो । जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक दामोदर मल्लले एक वर्षको अवधिमा १८ हजार ४ सय ६६ सवारीसाधन कारबाहीमा उक्त रकम बराबरको राजस्व संकलन भएको बताउनुभयो ।
कार्यालयले गएको तीन आर्थिक वर्षमा ४७ हजार २ सय ६९ सवारी कारवाहीबाट २ करोड ८६ लाख ४ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । कारबाहीमा पर्नेमा सबैभन्दा धेरै ५ हजार ५ सय ५० मोटरसाइकल रहेका छन् । मोटरसाइकल कारबाहीबाट ३७ लाख ७८ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ। यस्तै ५ हजार ३९४ जिप र कार कारबाहीबाट ३२ लाख ७४ हजार, तीन हजार ५ सय८७, टिपरसहित ट्रक र मिनी ट्रक कारबाहीमा २० लाख ५१ हजार, २४ सय ६४ बस तथा मिनी बस कारबाहीमा १३ लाख ९३ हजार तथा १४ सय ७१ ट्याक्टर कारबाहीमा ८ लाख ७५ हजार राजस्व संकलन भएको प्रमुख मल्लले जानकारी दिनुभयो।
यस्तै, आर्थिक वर्ष २०७७/७८ मा विभिन्न सवारी कारबाही गरी ८८ लाख ५९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७६/७७ मा ८३ लाख ७३ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
ट्राफिक नियम उल्लंघन गरेका टिपरसहित ट्रक, मिनी ट्रक र ट्याक्टरले क्षमताभन्दा बढी सामग्री बोकेका सवारी, सिट क्षमताभन्दा बढी यात्रु राख्ने र गाडी चलाइरहेका वेला चालकले मोबाइल फोनमा कुरा गरिरहेका अवस्थामा भेटिएकालाई पनि कारबाही गरिएको छ। यस्तै कार, भ्यान, जिपका चालकले सिट बेल्ट नबाँधेका, बढी यात्रु चढाएका थिए।
सवारी अनुमतिपत्र बिना सडकमा गुडेका र नियम विपरित तीन जना मान्छे यात्रा गरिरहेका मोटरसाइकललाई कारबाही गरी जरिवाना तिराइएको छ। यस्तै मापसे गरेर सवारी चलाउने चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट