गोरखापत्रको महाप्रबन्धकमा ऎरी, न्युनतम पारिश्रमिक समितिमा खड्का नियुक्त
काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धकमा नेपाल सरकारले लाल ऎरीलाई नियुक्त गरेको छ ।
नेपाल प्रेस युनियन सुदुरपश्चिम प्रदेश संयोजक तथा कान्तिपुर टेलिभिजनका जिल्ला व्यरो प्रमुख ऎरी झण्डै २ दशक देखि पत्रकारितामा आवद्ध छन् ।
त्यस्तै बिहिबार नै बसेको मन्त्रीपरिषद् बैठकले श्रमजीवी पत्रकारहरुको लागि न्युनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षमा संगिता खड्कालाई नियुक्ति गरेको छ । स्याङ्जा अर्जुनचौपारीकी खड्का पछिल्लो समय काठमाडौंमा रही पत्रकारिता र लेखनमा सक्रिय छन् ।
नेपाल पत्रकार महासंघका पुर्वसचिव समेत भइसक्नुभएकी खड्का र गोरखापत्र सस्थानका अध्यक्ष ऎरीले आउदो आइतबार पत्र बुझ्नुहुनेछ ।